— प्रहरीले लागुऔषध चरेससहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा धोबिनी गाउँपालिका–५ का ४८ वर्षीय समसुल मिया छन् ।
प्रहरीले विशेष सूचनाका आधारमा मंगलबार बिहान १० बजेको समयमा वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चौकस्थित सडकमा शंकास्पद रूपमा पैदल हिँडिरहेका मियालाई रोकी शरीर खानतलासी गर्दा उनले बोकेको कालो ब्यागभित्र प्लास्टिकले बेरी लुकाइ–छिपाई राखिएको १० किलो लागुऔषध चरेस फेला परेको थियो ।
मियालाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।