मुख्य समाचार
जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि भएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने
जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि भएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने

— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि भएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताएकी छन् ।



कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै भण्डारीले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आन्दोलनको पूर्वाभास नभएको बताउनु र सुरक्षा संयन्त्रलेसमेत आफूलाई पर्याप्त सूचना नदिएको भन्नू उनकै कमजोरी भएको पनि उनले बताइन् । भनिन्, 'जो प्रधानमन्त्री हुन्छ, उसैले आफ्नो कार्यकालभरिको जिम्मेवारी लिनुपर्छ ।'

उनले पूर्वप्रधानमन्त्री विधि वा कानुनको शासनको मान्ने हो भने उच्चस्तरीय छानबिन आयोगमा बयान दिन जानुपर्छ भन्ने प्रश्नमा भने उनले स्पष्ट उत्तर दिइनन् । तर उनले तत्कालीन नेतृत्वले यस विषयमा जवाफ दिनुपर्ने भने उनले स्पष्ट पारिन् ।

भण्डारीले २४ गते भएको आगजनी, तोडफोड र लुटपाटको घटना भने प्रायोजित हुन सक्ने आशंकासमेत व्यक्त गरेकी छिन् । उनले लामो समयको तयारी नभई त्यस प्रकृतिको ध्वंस हुन नसक्ने तर्क गर्दै यसबारेमा गम्भीर छानबिन हुनुपर्ने बताइन् । उनले भनिन्, '२३ गतेको त्यो दु:खद् घटनाले नेतृत्वप्रति आक्रोश त हुने नै भयो । तर यो प्रायोजित पनि थियो कि भनेर हामीले अलिकति अध्ययन गर्नुपर्ने हुन्छ ।'

उनले त्यसदिन नेकपा एमाले र कांग्रेस नेताहरुको घर तोडफोड, आगजनी तथा लुटपाट भएको भन्दै त्यसको पनि छानबिन हुनुपर्ने बताइन् । उनले भनिन्, 'यसको एकदमै राम्रोगरी अध्ययन हुनुपर्छ । ताकी अब आइन्दा यस्तो नहोस् भन्नका लागि कानुनको दायरामा ल्याउनुपर्ने हुन्छ ।' उनले यो घटनामा कसैप्रति शंकाको दृष्टिकोणले नहेर्ने बताउँदै त्यो घटना कुनै तत्कालीन दुर्घटना मात्रै नभएको बताएकी छन् । उनले त्यो घटना धेरै दिनदेखिको तयारी पछि भएको हुन सक्ने आशंका गर्दै भनिन्, ‘यसलाई अचानक भएको मान्न सकिँदैन ।'


एमाले महाधिवेशनका विषयमा पनि भण्डारीले केही नयाँ तथ्यहरु सुनाएकी छिन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई केपी ओलीपछि अध्यक्ष बनाउने विषयमा नवौं महाधिवेशनकै क्रममा भद्र सहमति भएको बताउँदै ११ महाधिवेशनमा अध्यक्षका प्रत्याशी पोखरेललाई आफूपछि अध्यक्ष बनाउन त्यतिबेला ओलीलेसमेत सहमति जनाएको दाबी पनि उनले सुनाएकी छिन् । फायरसाइडमा कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले ईश्वर पोखरेलले अध्यक्षमा उठ्नका लागि अहिलेसम्म आफूसँग सहयोग भने नमागेको पनि बताएकी छिन् ।

उनले नेतृत्वको आकांक्षा राखेकोबारे आफूलाई जानकारी भएको उल्लेख गर्दै भनिन्, 'अहिलेसम्म उहाँले मसँग खुलेर सहयोग गर्नुपर्‍यो चाहिँ भन्नुभएको छैन ।' पूर्वराष्ट्रपति भण्डारीसँगको पूरा अन्तर्वार्ता सोमबार राति ९ बजे कार्यक्रम फायरसाइडमा प्रसारण हुनेछ । कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ ...
— सूर्यविनायक–धुलिखेल सडक विस्तार र पुल निर्माणको ठेक्का एउटै वर्षमा गरिए पनि दुई वटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एददमै न्यून १० प्रतिशत मात्र छ । चार लेनमा विस्तार थालिएको सडकको दुरी १५.८ किलोमिटर छ । जसलाई दुई खण्डमा विभाजन ...
— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै ...
— रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । ...
जेन-जीले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखाइदिए :