मुख्य समाचार
सभापति देउवामाथि भरोसा राखेर महाधिवेशनको कार्यतालिकामा सहमत भयौँ : निधि
सभापति देउवामाथि भरोसा राखेर महाधिवेशनको कार्यतालिकामा सहमत भयौँ : निधि

— कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवामाथि भरोसा राखेर निर्वाचन अगाडिको कार्यतालिका ल्याउने सहमत भएको बताएका छन् । निधि र अर्का नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको संस्थापन पक्षको समूहले निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने अडान लिँदै आएको थियो ।



महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन अगाडि र निधि, सिटौलासहितका नेताहरूले निर्वाचन पछाडिको अडान लिँदा कांग्रेस बैठक डेढ महिना अघिदेखि निर्णयविहीन भएको थियो ।

देउवाले निर्वाचन अगाडि कार्यतालिका ल्याउन सक्रियता देखाए पनि संस्थापन पक्ष सहमत भएको हो । ‘म छोड्दैछु, मैले छोडेर जाँदा पार्टीभित्र कुनै विमति नहोस् भनेर आग्रह गर्नुभयो । हामीले उहाँको अग्रसरता, चासो र भरोसा गरेर समर्थन गरेका हौं,’ निधिले कान्तिपुरसँग भने ।

पार्टी विभाजनको जोखिम देखेपछि 'यु-टर्न' भएका थिए देउवा
पार्टी विभाजनको जोखिम देखेपछि 'यु-टर्न' भएका थिए देउवा
Yamaha Quiz Banner
What is a wiper?
1/10
Questions
Towel to wipe vehicle.
Device to clean the glass.
Device to increase speed.
Device to stop vehicle.
तर, पूर्व सात पदाधिकारी रहेको समूहबाट आगामी अधिवेशनमा प्रतिस्पर्धा हुने निधिले बताए । अर्का नेता सिटौलाले पनि प्रतिस्पर्धा हुने र त्यस्तो प्रतिस्पर्धा विगतमा भन्दा कडा हुने प्रतिक्रिया दिए । यद्यपि उनले छोटो समयमा आएको महाधिवेशनको तालिका कार्यन्वयन कसरी हुन्छ त्यो हेर्न बाँकी नै रहेको बताए ।

Hardik IVF
Laxmi Sunrise bank

‘यो तालिका कसरी कार्यान्वयन हुन्छ त्यो हेर्न नै बाँकी छ । सदस्यताको वितरण, नवीकरण, वडा तहदेखि केन्द्रीय अधिवेशनसम्मका जुन तालिका छन्, त्यसको कार्यन्वयनमा अहिले म शंका गर्दिनँ । तर, त्यसको कार्यन्वयन सचिवालयले कुन ढंगले गर्छ, त्यसपछि टिप्पणी गर्छु’ सिटौलाले भने,‘पदाधिकारीहरूले सर्वसम्मतिबाट प्रस्ताव ल्यायौं भनेर कार्यवाहक सभापतिले प्रस्ताव गर्नुभयो । हामीहरूले समर्थन गरौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सूर्यविनायक–धुलिखेल सडक विस्तार र पुल निर्माणको ठेक्का एउटै वर्षमा गरिए पनि दुई वटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एददमै न्यून १० प्रतिशत मात्र छ । चार लेनमा विस्तार थालिएको सडकको दुरी १५.८ किलोमिटर छ । जसलाई दुई खण्डमा विभाजन ...
— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै ...
— रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । ...
जेन-जीले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखाइदिए :
— नेपाल प्रहरीले भदौ २४ गतेको प्रदर्शनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौंको सुन्धारा ...