: बाराको कलैया उपमहानगरपालिका- २७ स्थित सिँचाइको नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ५१ वर्षीया इन्दुदेवी कोइरी रहेकी छिन्।
घरबाट बिहान करिब ५ बजे निस्किएकी इन्दुको खोजी गर्ने क्रममा शव तैरिरहेको अवस्थामा फेला परेको थियो ।
नहरमा डुबेको शव स्थानीयको सहायतामा निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले महिलाको मृत्यु भएको सम्बन्धमा अनुसन्धान थालिएको जानकारी दिए ।