मुख्य समाचार
गाँजासहित पक्राउ परेका दुईजनालाई छुटाउन पुगेकाहरू प्रहरीको थप टोली पुगेपछि फरार
गाँजासहित पक्राउ परेका दुईजनालाई छुटाउन पुगेकाहरू प्रहरीको थप टोली पुगेपछि फरार

: पर्सामा प्रहरीले गाँजासहित समातेका दुई जनालाई छुटाउन प्रहरी चौकीमै पुगेर हुलहुज्जत गर्न खोजेका व्यक्तिहरू प्रहरीको थप टोली पुगेपछि भागेका छन्। पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाँडीबाट सोमबार दिउँसो ३ बजेतिर प्रहरी सहायक निरीक्षक रामनिवास सामह नेतृत्वको टोलीले बी ए बी २३९८ नम्बरको कारसहित १०४ केजी गाँजा र कारामा सवार मकवानपुरको मकवानपुर–३ का कुमार स्याङ्ताङ र भीमफेदी–८ का भीम स्याङ्ताङलाई नियन्त्रणमा लिएको थियो।




गाँजा र कारसहित नियन्त्रणमा लिइएका दुवै जनालाई प्रहरी चौकी रंगपुरटाँडीमा राखिएका बेला मंगलबार नै अपरान्ह गाँजाका २ कारोबारी र उनीहरूका ३ जना दलालहरू केही मान्छेहरूको भिड लिएर प्रहरी चौकीमा पुगेर हुलहुज्जत गर्न खोजेका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक साहको आग्रहमा इलाका प्रहरी कार्यालय पेटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वमा १५ जनाको थप टोली प्रहरी चौकी रंगपुरटाँडीमा पुगेपछि कारोबारी र दलालहरू त्यहाँबाट फरार भएका थिए।


मकवानपुरको मनहरीबाट १० पोका गाँजा लोड गरेर बी ए बी २३९८ नम्बरको कार बाराको जीतपुर, त्यहाँबाट जनता सडक हुँदै पटेर्वा सुगौली गाउँपालिका-१ सोनवर्षातर्फ जाँदै गरेका अवस्थामा प्रहरीले कारमा सवारसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक साहले जानकारी दिए। नियन्त्रणमा लिइएको गाँजासहितको कार र दुई जना व्यक्तिलाई प्रहरी चौकी रंगपुरटाँडीमा राखिएका बेला केही व्यक्तिहरू आएर होहल्ला गर्न खोजेपछि प्रहरीको थप टोली पुग्दा उनीहरू त्यहाँबाट भागेको प्रहरी निरीक्षक थापाले बताए।




नियन्त्रणमा लिइएको गाँजासहितको कार र दुई जना व्यक्तिलाई सोमबारै साँझ जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको उनले बताए। यता गाँजासहित पक्राउ परेकाहरूले गाँजाको तस्करीमा आफूहरूको नाम पोलेपछि त्यसबाट उन्मुक्ति पाउन कारोबारी र दलालहरू मंगलबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालयमा धाउन थालेको प्रहरी स्रोतले जनाएको छ।

यता प्रहरीले भने गाँजा र तस्करहरू छुटाउन प्रहरी चौकीमा पुगेर हुलहुज्जत गर्न खोजेका कारोबारी र दलालहरू बारे खोजीनीति गरिरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए। छिमेकी मुलुक भारतको बिहारमा विधान सभाको निर्वाचनका बेला रोकिएको लागूऔषध गाँजा, चरेस र अफिमको तस्करी चुनाव सकिए लगत्तै फेरि सुरु भएको छ। मकवानपुर र धादिङका पहाडी भेगमा उत्पादित गाँजा, चरेस र अफिम भरिया र गाडीमा मार्फत पर्साको ग्रामीण भेगमा ल्याएर भण्डारण गरिन्छ। त्यहाँबाट ती लागूऔषध पर्साको ग्रामीण भेगका नाका हुँदै भारतमा तस्करी हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै ...
— रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । ...
जेन-जीले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखाइदिए :
— नेपाल प्रहरीले भदौ २४ गतेको प्रदर्शनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौंको सुन्धारा ...
— प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै आफू संविधान अनुसार नै प्रधानमन्त्री भएको दाबी गरेकी छन् । प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट कानुनसचिव फडिन्द्र गौतमले एउटै बेहोराको लिखित जवाफ सर्वोच्चमा पेस गरेका छन् । दुवै लिखित जवाफमा २७ भदौमा प्रधानमन्त्रीका रूपमा नियुक्त भएको कार्की सरकार नियमित रूपमा गठन हुने सरकारभन्दा ...