मुख्य समाचार
दलभित्रका विकृति–विसंगति अन्त्य गर्दै देशलाई राजनीतिक स्थिरता, सुशासन र सामाजिक–आर्थिक रूपान्तरणतर्फ अघि बढाउने लक्ष्यसहित पार्टी एकता भएको
दलभित्रका विकृति–विसंगति अन्त्य गर्दै देशलाई राजनीतिक स्थिरता, सुशासन र सामाजिक–आर्थिक रूपान्तरणतर्फ अघि बढाउने लक्ष्यसहित पार्टी एकता भएको

— नेकपा नेता नारायणकाजी श्रेष्ठले दलभित्रका विकृति–विसंगति अन्त्य गर्दै देशलाई राजनीतिक स्थिरता, सुशासन र सामाजिक–आर्थिक रूपान्तरणतर्फ अघि बढाउने लक्ष्यसहित पार्टी एकता भएको स्पष्ट पारेका छन्। विराटनगरमा आयोजित ‘एकता सन्देश सभामा’ उनले कम्युनिस्ट शक्तिहरूलाई एउटै मोर्चामा ल्याउनु समयको माग भएको बताए।



श्रेष्ठले अहिलेको परिस्थितिमा दल बदल्ने होड होइन, पार्टीलाई सुधार्ने प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्दै भने, 'दलहरूमा देखिएका विकृति–विसंगतिविरुद्ध दृढतापूर्वक लाग्छौँ, आवश्यक परे पार्टी चलाउने तरिका नै बदल्छौँ।'

उनका अनुसार पार्टी एकताको मूल उद्देश्य सत्ता प्राप्ति मात्र नभई राष्ट्रिय एकतालाई सुदृढ बनाउने, संविधानको रक्षा गर्ने र आवश्यकता अनुसार उसको परिमार्जनतर्फ अघि बढ्ने हो। उनले भने, 'संविधानको रक्षा हाम्रो पहिलो दायित्व हो। तर, समयले मागेअनुसार आवश्यक संशोधनबाट पछि हटिँदैन।'

श्रेष्ठले राजनीतिक परिवर्तनलाई जनताको जीवनमा पहुँचाउने अबको जिम्मेवारी कम्युनिस्ट शक्तिमाथि रहेको बताए। सामाजिक–आर्थिक रूपान्तरण, सुशासन, समृद्धि र सामाजिक न्याय पार्टीको पहिलो प्राथमिकता भएको उनको भनाइ छ। देशभर फैलिएको जेन-जी विद्रोहले उठाएका न्याय, समानता र जीवन–स्तर सुधारका मुद्दालाई पूरा गर्दै अघि बढ्नु पार्टीको जिम्मेवारी भएको उनले बताए।

‘पहिले नेताले आफू बदलिनुपर्छ’


पार्टीभित्र व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठले नेताहरूले आफ्नै व्यवहार सुधार्नु पर्ने, भ्रष्टीकरणको अन्त्य गर्नुपर्ने र जनतासँग टुटेको सम्बन्धलाई पुनः सुदृढ बनाउँदै लैजानुपर्ने बताए।

उनले जोड दिए, 'पार्टीभित्रको भ्रष्टाचार अन्त्य गर्छौँ, जनतासँगको सम्बन्ध पुनः गहिरो बनाउँछौँ। परिवर्तन जनताकै जीवनमा देखिनुपर्छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै ...
— रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । ...
जेन-जीले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखाइदिए :
— नेपाल प्रहरीले भदौ २४ गतेको प्रदर्शनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौंको सुन्धारा ...
— प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै आफू संविधान अनुसार नै प्रधानमन्त्री भएको दाबी गरेकी छन् । प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट कानुनसचिव फडिन्द्र गौतमले एउटै बेहोराको लिखित जवाफ सर्वोच्चमा पेस गरेका छन् । दुवै लिखित जवाफमा २७ भदौमा प्रधानमन्त्रीका रूपमा नियुक्त भएको कार्की सरकार नियमित रूपमा गठन हुने सरकारभन्दा ...