: वीरगन्जबाट प्रहरीले लागूऔषध चरेससहित पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिका-५ धोबिनी गाउँ घर भएका ४८ वर्षीय सम्सुल मियाँ रहेका छन्।
मंगलबार बिहान वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकस्थित सडकमा पैदल हिँड्दै गरेका मियाँलाई शंका लागेर प्रहरीले खानतलासी गरेको थियो। त्यस क्रममा मियाँले बोकेको कालो रंगको प्लास्टिकको झोलाबाट लागूऔषध चरेस १० केजी बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
चरेससहित पक्राउ गरिएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनी विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए।