मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा गरिएको हो। कार्यक्रममा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।


एकतापछि समायोजनका सन्दर्भमा, रास्वपाको आगामी राष्ट्रिय महाधिवेशनसम्मका लागि संघीय नेतृत्व मञ्च नामक विशेष संयन्त्र निर्माण गरिने सहमति भएको छ। प्रदेश र स्थानीय तहका संरचनामा पनि योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा नेता तथा कार्यकर्ताहरूको समुचित समायोजन गरिने सहमति भएको छ।


कार्यक्रममा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले देशमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको आशा गरेर बसेको जनताहरूको पक्षमा एकताबद्ध भएर अघि बढ्ने बताए। रास्वपासँग जनताले गरेको अपेक्षालाई निराश हुन नदिने उनले उल्लेख गरे। उनले तत्कालीन सरकारले प्रतिशोध साधेको र न्यायलयमाथि पनि राजनीतिकरण गरेर पार्टी सभापतिलाई फसाउने काम गरेको आरोप लगाए। उनले वर्तमान सरकारलाई निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने भन्दै परिवर्तनका पक्षधरलाई वर्तमान सरकारले उपेक्षा गरे सडकमा आउन बाध्य हुने चेतावनी दिए।




त्यस्तै रास्वपामा समाहित भएपछि विवेकशील साझाका अध्यक्ष समीक्षा बाँस्कोटाले आफूहरू रास्वपामा विलय भएको नभइ आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि प्रलय भएको बताइन्। उनले पदको बार्गेनिङबाट नभइ देश र जनतालाई केन्द्रमा राखि युवाहरूले अघि सारेका मुद्दालाई स्थापित गर्न एकताबद्ध भएको जिकिर गरिन्। वैकल्पिक राजनीति गर्न चाहने दल, समूह लगायतलाई एकताबद्ध हुने उनले आह्वान गरे।

त्यस्तै दुई पार्टीबीच एकीकरण प्रक्रियालाई कानुनी रूप दिन निर्वाचन आयोगका प्रक्रियाहरू पूरा गर्ने र दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने सहमति भएको छ। लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत एवं परिवर्तनगामी शक्ति, समूह र व्यक्तिहरूलाई घण्टी चुनाव चिह्नमा समाहित हुन आह्वान समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताएका छन्। दाङको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने स्पष्ट पारेका हुन्। उनले भने,'सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन्। जनताले अब त्यस्ता शक्तिलाई ...
: झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् । बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए ...
: स्याङ्जा प्रहरीले लुकाइछिपाए राखेको अवस्थामा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिएको छ। प्रहरी चौकी विरूवाबाट खटि गएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका-३ सिउँडीबाट ४ नाले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी,मिनबहादुर पुलामी र रणबहादुर थापा रहेका छन्। तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम ...
— पश्चिम नवलपरासीमा २ जना प्रतिनिधिसभा सदस्यका लागि ५ जना महिला सहित ५७ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी, आम आदमी पार्टीबाट माया कुमारी थापा, राष्ट्रिय जनमोर्चाबाट पार्वता पौड्याल तथा नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल र गङ्गा देवी थारु महतोले मनोनयन दर्ता गराएकी छन् । क्षेत्र ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका ...