मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा गरिएको हो। कार्यक्रममा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।


एकतापछि समायोजनका सन्दर्भमा, रास्वपाको आगामी राष्ट्रिय महाधिवेशनसम्मका लागि संघीय नेतृत्व मञ्च नामक विशेष संयन्त्र निर्माण गरिने सहमति भएको छ। प्रदेश र स्थानीय तहका संरचनामा पनि योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा नेता तथा कार्यकर्ताहरूको समुचित समायोजन गरिने सहमति भएको छ।


कार्यक्रममा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले देशमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको आशा गरेर बसेको जनताहरूको पक्षमा एकताबद्ध भएर अघि बढ्ने बताए। रास्वपासँग जनताले गरेको अपेक्षालाई निराश हुन नदिने उनले उल्लेख गरे। उनले तत्कालीन सरकारले प्रतिशोध साधेको र न्यायलयमाथि पनि राजनीतिकरण गरेर पार्टी सभापतिलाई फसाउने काम गरेको आरोप लगाए। उनले वर्तमान सरकारलाई निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने भन्दै परिवर्तनका पक्षधरलाई वर्तमान सरकारले उपेक्षा गरे सडकमा आउन बाध्य हुने चेतावनी दिए।




त्यस्तै रास्वपामा समाहित भएपछि विवेकशील साझाका अध्यक्ष समीक्षा बाँस्कोटाले आफूहरू रास्वपामा विलय भएको नभइ आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि प्रलय भएको बताइन्। उनले पदको बार्गेनिङबाट नभइ देश र जनतालाई केन्द्रमा राखि युवाहरूले अघि सारेका मुद्दालाई स्थापित गर्न एकताबद्ध भएको जिकिर गरिन्। वैकल्पिक राजनीति गर्न चाहने दल, समूह लगायतलाई एकताबद्ध हुने उनले आह्वान गरे।

त्यस्तै दुई पार्टीबीच एकीकरण प्रक्रियालाई कानुनी रूप दिन निर्वाचन आयोगका प्रक्रियाहरू पूरा गर्ने र दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने सहमति भएको छ। लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत एवं परिवर्तनगामी शक्ति, समूह र व्यक्तिहरूलाई घण्टी चुनाव चिह्नमा समाहित हुन आह्वान समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् । ‘बाढीमा परी ५ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्। आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...