: गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् ।
मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना बेपत्ता छन् भने हजारौं घाइते भएका छन् ।
इन्डोनेसियामा आचे, उत्तरी सुमात्रा र पश्चिमी सुमात्रा प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएका छन् । इन्टरनेट जडान र सफा पानी जस्ता आधारभूत आवश्यकताहरू प्राप्त गर्न त्यहाँ घरबाट कैयौं किलोमिटर टाढा हिँड्नुपर्ने बाध्यता आएको छ ।