मुख्य समाचार
बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाए
बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाए

: बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ।




बीबीसी बंगलाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको कडा कारबाही र उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्ष कडा कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ।


सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकीसहित १७ जनाविरुद्ध फैसला सुनाएको हो।




पूर्वाचल नयाँ शहर परियोजनाका लागि सरकारी जग्गा लिएको आरोपमा भ्रष्टाचार निवारण आयोगले यो मुद्दा दर्ता गरेको हो।

यसबाहेक यस मुद्दामा पूर्व आवास तथा सार्वजनिक निर्माण राज्यमन्त्री शरीफ अहमद, सार्वजनिक निर्माण मन्त्रालय, राजुक र प्रधानमन्त्री कार्यालयका १४ जना अधिकारीलाई पनि अभियुक्त बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना ...
: अमेरिकाको क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। यो घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनको एक रेस्टुरेन्टमा भएको हो। आक्रमणकारी अझै फरार छन् । स्थानीय प्रहरीका अनुसार केही बालबालिका घाइते भएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
: हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको सैन्य कारबाहीमा ७० हजार बढी प्यालेस्टिनीहरू मारिएका छन्। अक्टोबर १० मा लागू भएको इजरायल र हमासबीच युद्धविराम भए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ। इजरायलले युद्धविराम उल्लंघनको जवाफमा धेरै हवाई आक्रमण गरेको बताएको छ। अझै पनि धेरै शवहरू भग्नावशेषबाट निकाल्ने काम भइरहेको छ। शनिबार इजरायली ड्रोन आक्रमणमा ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको ...
: श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। २१ जना बेपत्ता भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिमध्ये एक हो। श्रीलंकाको चिया बगान र बादुल्लामा पहिरोमा परी २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (DMC) ले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा ...