मुख्य समाचार
पार्टीले गरेको निर्णयअनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने
पार्टीले गरेको निर्णयअनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने

: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णयअनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताए।


उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव दिए। शर्माले सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने जिकिर गरे।

उनले नियमित महाधिवेशनका साथै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए। शर्माले संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सबै तहमा नेतृत्व लिनका लागि तयार भएर बस्न आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेसका नेता चन्द्र भण्डारीले नेतृत्व र क्षमताको शक्ति सबै मानिसभित्रै हुने
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा गरिएको हो। कार्यक्रममा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। ...
: लामो रस्साकस्सीपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशन गर्ने सहमति जुटाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरूको बैठकले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्तावमा सहमति जुटाएका हुन्। शीर्ष नेताहरूको बैठकमा सहमति जुटे पुसको २६ देखि २९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन हुने छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश ...
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले आधिकारिक घोषणा नगर्न चेतावनी
: आसन्न प्रतिनिधिसभा निर्वाचन प्रायोजनका लागि ११४ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ती दलहरूले दल दर्ता गराएका हुन्। निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ भट्टराईले आइतबार साँझ ५ बजेसम्म ११४ दल दर्ता भएको जानकारी दिए। उनका अनुसार थप दुई दल दर्ताका लागि ...