मुख्य समाचार
ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप
ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप लगाएका छन्। उनले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई लगेर सिंहदरबारमा टाँगिएको बताए।

'सब्जी बारीमा त ठीकै थियो। तर, निर्वाचित जनप्रतिनिधिहरू लखेटिनुपर्ने अनि बुख्याँचाहरू चाहिँ सिंहदरबारमा?,' उनले प्रश्न गरे, 'बुख्याँचा कहिल्यै निर्वाचित हुँदैन। सिंहदरबार बुख्याँचा टांगिदिने ठाउँ पनि होइन।'


संसद पुनर्स्थापना हुँदा देश नै बर्बाद हुन्छ भन्नेरूलाई पनि उनले कडा जवाफ दिए। 'देश अप्ठ्यारो स्थितिमा छ। देशमा लोकतन्त्र फर्काऔँ। असंवैधानिक काम हुन दिनका लागि संसद पुनर्स्थापना गरौं भन्दा बर्बाद हुन्छ रे। लोकतन्त्र भनेको नराम्रो कुरा हो,' अध्यक्ष ओलीले प्रश्न गरे।

उनले राजनीति दलका नेताहरूलाई संकीर्णता त्याग्न र प्रतिस्पर्धाका नाममा विष वमन नगर्न आग्रह गरे। 'एमालेमाथि रिस उठेको होला। केपी ओलीसँग रिस उठेको होला। अनि त्यो रिसलाई संविधान र देशमाथि थोपार्ने त?,' उनले प्रश्न गरे, 'संकीर्ण राजनीति र प्रतिस्पर्धाका नाममा बेतुकका कुरा गर्न छोडौँ।'

त्यस्तै अध्यक्ष ओलीले बौद्धिक वर्गहरूलाई पनि सत्यको पक्षमा वकालत गर्न आग्रह गरे। 'बौद्धिकताको दुरुपयोग नगर्नुस्। झुटो कुरा कनी कनी गरेर भन्न बल नगर्नुस्। बौद्धिक समुदायले देशको पक्षमा, सत्य लेख्न नछोड्नुस्,' उनले भने।

उनले एमालेको ११औं महाधिवेशन कोशेढुंगा सावित हुने बताए। यस महाधिवेशनले अराजकतालाई अस्वीकार गर्ने र देशमा सुशासन र विकासको वकालत गर्ने उनको भनाइ छ मंसिर २७ गतेबाट सुरू हुने एमाले महाधिवेशनको उद्‍घाटन भक्तपुरको तीनकुनेमा हुने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेसका नेता चन्द्र भण्डारीले नेतृत्व र क्षमताको शक्ति सबै मानिसभित्रै हुने
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा गरिएको हो। कार्यक्रममा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। ...
: लामो रस्साकस्सीपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशन गर्ने सहमति जुटाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरूको बैठकले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्तावमा सहमति जुटाएका हुन्। शीर्ष नेताहरूको बैठकमा सहमति जुटे पुसको २६ देखि २९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन हुने छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश ...
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले आधिकारिक घोषणा नगर्न चेतावनी
: आसन्न प्रतिनिधिसभा निर्वाचन प्रायोजनका लागि ११४ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ती दलहरूले दल दर्ता गराएका हुन्। निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ भट्टराईले आइतबार साँझ ५ बजेसम्म ११४ दल दर्ता भएको जानकारी दिए। उनका अनुसार थप दुई दल दर्ताका लागि ...