मुख्य समाचार
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित बजनीमा आइतबार बिहान ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ की २० वर्षीया ज्योतीकुमारी गुप्ता रहेकी छिन्।

घटनामा अन्य दुई जना घाइते भएका छन्। सिमराबाट जितपुरतर्फ जाँदै ना३त १०९८ नम्बरको ट्याक्टरले सोही दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–०३२प९५९० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।


ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई सोही दिशाबाट गुडिरहेको साइकलमा ठोकिन पुगेको थियो। घटनामा मोटरसाइकल चालक ज्योतिसहित पछाडी सवार जितपुरसिमरा-७ की आस्था गुप्ता र साइकल चालक जितपुरसिमरा २ का ४२ वर्षीय कृष्ण मगर घाइते भएका छन्।

घाइतेमध्ये ज्योतीको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो। अन्य घाइतेको उपचार भइरहेको बाराका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर २४ गतेभित्र वडासम्म फारम ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन्। एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न भन्ने प्रचार गलत रहेको बताए। उनले अध्यक्षका हैसियतमा आफ्नो ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो। मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए।
: भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज अन्तरिम आदेशबारे निर्णय नआउने भएको छ। रिटमाथि बहस बाँकी रहेकाले 'हेर्दाहेर्दै'मा राखिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतले उक्त रिटमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आदेश सुनाउन आज मिति तोकेको थियो। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका ...
: स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको भारतीय २ लाख ५० हजार रुपैयाँसहित भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा ...