मुख्य समाचार
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ

: सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेको हो।

'मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशिघ्र टुंगो लगाउन वाञ्छनीय देखिएकाले आदेश प्राप्त भएको मितिले २४ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त माननीय सरोजकुमार यादवलाई नेपालको संविधान धारा १६४ (४) बमोजिम विश्वासको मत लिने प्रस्ताव मधेस प्रदेश, प्रदेश सभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सही बमोजिम र प्राप्त गर्न नसके नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्पसमेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्त सम्बन्धमा कारबाही गर्न गराउनू भनी मधेश प्रदेश प्रमुखसमेतका विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,' फैसलामा भनिएको छ।


यो आदेश तत्काल कार्यान्वयन गरिनुपर्ने प्रकृतिको रहेको र आदेशको पूर्ण पाठ तयार हुन समय लाग्ने भएकाले सर्वोच्चले संक्षित आदेश जारी गरेको जनाएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदहरूले दायर गरेको रिट निवेदनमा मधेस प्रदेशका प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलगायतलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले आधिकारिक घोषणा नगर्न चेतावनी
: आसन्न प्रतिनिधिसभा निर्वाचन प्रायोजनका लागि ११४ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ती दलहरूले दल दर्ता गराएका हुन्। निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ भट्टराईले आइतबार साँझ ५ बजेसम्म ११४ दल दर्ता भएको जानकारी दिए। उनका अनुसार थप दुई दल दर्ताका लागि ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर २४ गतेभित्र वडासम्म फारम ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन्। एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न भन्ने प्रचार गलत रहेको बताए। उनले अध्यक्षका हैसियतमा आफ्नो ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो। मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए।