मुख्य समाचार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका छन्। ललितपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन्।

मंसिर २७ गतेदेखि २९ गतेमा काठमाडौं उपत्यकामा हुने पार्टीको महाधिवेशनका लागि एमालेले शनिबार प्रतिनिधिहरू छनोट गरेको थियो। अधिकांश स्थानमा सर्वसम्मत र केही क्षेत्रमा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट भएका छन्।

एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन्। एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ।
एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन्। त्यसैगरी विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट पनि प्रतिनिधि कायम हुन्छन्। एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना युवा अनिवार्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले आधिकारिक घोषणा नगर्न चेतावनी
: आसन्न प्रतिनिधिसभा निर्वाचन प्रायोजनका लागि ११४ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ती दलहरूले दल दर्ता गराएका हुन्। निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ भट्टराईले आइतबार साँझ ५ बजेसम्म ११४ दल दर्ता भएको जानकारी दिए। उनका अनुसार थप दुई दल दर्ताका लागि ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर २४ गतेभित्र वडासम्म फारम ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन्। एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न भन्ने प्रचार गलत रहेको बताए। उनले अध्यक्षका हैसियतमा आफ्नो ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो। मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए।