मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ

: नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।


पक्राउ पर्नेमा काठमाडौं कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौंको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौं बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए।

प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ। पक्राउ रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आसन्न प्रतिनिधिसभा निर्वाचन प्रायोजनका लागि ११४ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ती दलहरूले दल दर्ता गराएका हुन्। निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ भट्टराईले आइतबार साँझ ५ बजेसम्म ११४ दल दर्ता भएको जानकारी दिए। उनका अनुसार थप दुई दल दर्ताका लागि ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर २४ गतेभित्र वडासम्म फारम ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन्। एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न भन्ने प्रचार गलत रहेको बताए। उनले अध्यक्षका हैसियतमा आफ्नो ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो। मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए।
: भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज अन्तरिम आदेशबारे निर्णय नआउने भएको छ। रिटमाथि बहस बाँकी रहेकाले 'हेर्दाहेर्दै'मा राखिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतले उक्त रिटमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आदेश सुनाउन आज मिति तोकेको थियो। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका ...