मुख्य समाचार
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

: वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।


पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए। उजुरीका आधारमा आइतबार उनलाई पक्राउ गरिएको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णयअनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताए। उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप लगाएका छन्। उनले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई लगेर सिंहदरबारमा टाँगिएको बताए। 'सब्जी बारीमा त ठीकै थियो। तर, निर्वाचित जनप्रतिनिधिहरू लखेटिनुपर्ने अनि बुख्याँचाहरू चाहिँ सिंहदरबारमा?,' उनले प्रश्न गरे, 'बुख्याँचा कहिल्यै निर्वाचित हुँदैन। सिंहदरबार बुख्याँचा टांगिदिने ठाउँ पनि होइन।' संसद ...
: सरकारले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवक्ता आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।
: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ब्राउन सुगरसहित एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । सनिवार चन्द्रपुर -४ गौर रोडस्थित उनकै घर नजिकबाट भोला साह कलुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रमुख रुपा लाबुङले जानकारी दिइन्। बैकिङ कसुरको अपराधमा फरार प्रतिवादी रहेका कलुवारलाई इलाका प्रहरी कार्यालय चनद्रनिगाहपुरको टोलिले नियन्त्रणमा लिइ चेकजाँच गर्ने ...
: सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, ...