: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप लगाएका छन्। उनले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई लगेर सिंहदरबारमा टाँगिएको बताए।
'सब्जी बारीमा त ठीकै थियो। तर, निर्वाचित जनप्रतिनिधिहरू लखेटिनुपर्ने अनि बुख्याँचाहरू चाहिँ सिंहदरबारमा?,' उनले प्रश्न गरे, 'बुख्याँचा कहिल्यै निर्वाचित हुँदैन। सिंहदरबार बुख्याँचा टांगिदिने ठाउँ पनि होइन।'
संसद ...