मुख्य समाचार
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

: प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि काठमाडौंस्थित निर्वाचन आयोगमा कार्यालय सञ्चालनमा ल्याइएको हो।




कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्‍घाटन गरे। योसँगै समानुपातिकतर्फको निर्वाचन अधिकृत एवं आयोगका सचिव माहादेव पन्थले कार्यालयको जिम्मेवारी सम्हालेका छन्। उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई जिम्मेवारी दिइएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कार्यालयमा कूल ४१ जना कर्मचारी खटाइएको छ।


कार्यवाहक प्रमुख भण्डारीले भने, ‘सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुन बमोजिमका जातीय, भौगोलिक, लैङ्गिकलगायतका समूहहरू छुट्याएर प्रतिनिधि चयन गरिने छ। यसमा सबै पक्षको भरोसा रहने हाम्रो विश्वास छ।’

यस्तो छ समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन तालिका
पुस १३ र १४ गते समानुपातिक निर्वाचनमा सहभागी हुने दलहरूले उमेदवारहरूको बन्दसूची पेस गर्नुपर्ने आयोगको तालिका छ। बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवाको बन्दसूची पेस गर्नुपर्ने छ। यसका लागि आयोगले मंसिर २० गतेबाटै निर्वाचनको प्रक्रिया सुरु गर्ने छ। मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले आयोगमा निवेदन पेस गर्नुपर्ने तालिका छ।

मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावाली प्रकाशन गरिने आयोगले जनाएको छ। पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको अन्तिम बन्दसूची नामावलीको रूपमा प्रकाशन गर्ने कार्यक्रम छ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप लगाएका छन्। उनले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई लगेर सिंहदरबारमा टाँगिएको बताए। 'सब्जी बारीमा त ठीकै थियो। तर, निर्वाचित जनप्रतिनिधिहरू लखेटिनुपर्ने अनि बुख्याँचाहरू चाहिँ सिंहदरबारमा?,' उनले प्रश्न गरे, 'बुख्याँचा कहिल्यै निर्वाचित हुँदैन। सिंहदरबार बुख्याँचा टांगिदिने ठाउँ पनि होइन।' संसद ...
: सरकारले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवक्ता आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।
: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ब्राउन सुगरसहित एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । सनिवार चन्द्रपुर -४ गौर रोडस्थित उनकै घर नजिकबाट भोला साह कलुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रमुख रुपा लाबुङले जानकारी दिइन्। बैकिङ कसुरको अपराधमा फरार प्रतिवादी रहेका कलुवारलाई इलाका प्रहरी कार्यालय चनद्रनिगाहपुरको टोलिले नियन्त्रणमा लिइ चेकजाँच गर्ने ...
: सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, ...
बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित बजनीमा आइतबार बिहान ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ की २० वर्षीया ज्योतीकुमारी गुप्ता रहेकी छिन्। घटनामा अन्य दुई जना घाइते भएका छन्। सिमराबाट जितपुरतर्फ जाँदै ना३त १०९८ नम्बरको ट्याक्टरले सोही दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–०३२प९५९० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। ट्याक्टरले ...