मुख्य समाचार
बाघको आक्रमणबाट महिलाको मृत्यु
बाघको आक्रमणबाट महिलाको मृत्यु

: मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाकी ६६ वर्षीया गंगामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भोलाकुमार भट्टले बताए।


उनका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरूलाई जानकारी गराएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ । २५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’ बेलिब्रिज निर्माणका लागि आजैबाट टोली ...
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...