मुख्य समाचार
प्रधानमन्त्री र राप्रपा नेताहरूबीच भेटवार्ता
प्रधानमन्त्री र राप्रपा नेताहरूबीच भेटवार्ता

: प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आसन्न प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल भएको हो।




राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको विद्यमान समस्याहरू समाधान गरेर अगाडि बढ्न र निर्वाचन गराउन बनेको भनेर प्रधानमन्त्री कार्कीलाई स्मरण गराएको बताए। उनले निर्वाचनको वातावरण बनाउनका लागि राजा, राजनीतिक दल, जेनजी र सरोकारवालाहरूसँग पनि संबाद गरेर अघि बढ्न सुझाव दिएको बताए।


'सरकारले निर्वाचन गराउँदैगर्दा राजा, राजनीतिक दल र जेनजीहरूबीच सर्वपक्षीय संबाद गराउन जरुरी छ। त्यसले देशलाई दीर्घकालीन निकास दिनसक्छ,' अध्यक्ष लिङ्देनले भने।




उनले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूलाई पनि भोटिङ राइट दिनुपर्ने बताए। उनले यसै निर्वाचनमार्फत त्यो सम्भव रहेकाले कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको बताए।

उनले जेनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ गरेर सरकारले कारबाही गरेको भन्दै आपत्ति पनि जनाएका थिए। उनले राप्रपाले मंसिर २३ गते काठमाडौंमा ध्यानाकर्षण सभा गर्न लागेको जानकारी पनि दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णयअनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताए। उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप लगाएका छन्। उनले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई लगेर सिंहदरबारमा टाँगिएको बताए। 'सब्जी बारीमा त ठीकै थियो। तर, निर्वाचित जनप्रतिनिधिहरू लखेटिनुपर्ने अनि बुख्याँचाहरू चाहिँ सिंहदरबारमा?,' उनले प्रश्न गरे, 'बुख्याँचा कहिल्यै निर्वाचित हुँदैन। सिंहदरबार बुख्याँचा टांगिदिने ठाउँ पनि होइन।' संसद ...
: सरकारले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवक्ता आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।
: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ब्राउन सुगरसहित एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । सनिवार चन्द्रपुर -४ गौर रोडस्थित उनकै घर नजिकबाट भोला साह कलुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रमुख रुपा लाबुङले जानकारी दिइन्। बैकिङ कसुरको अपराधमा फरार प्रतिवादी रहेका कलुवारलाई इलाका प्रहरी कार्यालय चनद्रनिगाहपुरको टोलिले नियन्त्रणमा लिइ चेकजाँच गर्ने ...
: सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, ...