मुख्य समाचार
प्रदेश सरकारले सार्वजनिक खरिद ऐन विपरीत गरेको निर्णयलाई सर्वोच्च अदालतले रोक
प्रदेश सरकारले सार्वजनिक खरिद ऐन विपरीत गरेको निर्णयलाई सर्वोच्च अदालतले रोक

: लुम्बिनी प्रदेश सरकारको योजना तथा कार्यक्रमसँग सम्बन्धित निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइ दिएको छ । प्रदेश सरकारले सार्वजनिक खरिद ऐन विपरीत गरेको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको हो।

घाटा बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले १० लाखभन्दा माथिका योजनालाई सूचना प्रकाश गरी प्रतिस्पर्धात्मक तरिकाले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सार्वजनिक खरिद ऐनमा १ करोडभन्दा माथिका योजनालाई मात्रै प्रतिस्पर्धात्मक रुपमा लैजान उल्लेख गरिएको छ। सोही आधारलाई टेकेर सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारको १० लाख भन्दा माथिका योजना ठेक्कामा लैजाने निर्णय प्रक्रियालाई रोक लगाएको हो ।


लुम्बिनी प्रदेश सरकार,आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय उपभोक्ताबाट हुने १० लाखभन्दा माथिका आयोजनाहरू सार्वजनिक सूचना जारी गरि प्रतिस्पर्धात्मक रुपमा गर्ने गरि गरेको निर्णयमाथि सर्वोच्च अदालतले रोक लगाएको हो ।



शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मन्त्रालयले साउन ४ गते गरेको निर्णयमाथि अन्तरिम आदेश जारी गरेको हो । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ (१) मा १ करोड लागतसम्मका आयोजनाहरू सम्बन्धित स्थानीय तहमा बसोबास गर्ने बासिन्दा,उपभोक्तामार्फत् प्रतिस्पर्धाबिनै गर्ने व्यवस्था गरेको छ ।

सो व्यवस्थाभन्दा बाहिर गई लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले साउन ४ गते खानेपानीबाहेकका १० लाखमाथिका आयोजनाहरू सार्वजनिक सूचना जारी गरि प्रतिस्पर्धाबाट गराउने निर्णय गरेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको सो निर्णयविरुद्ध प्यूठानका कृष्ण थापा र कमल केसीले अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै रिटको अन्तिम किनारा नभएसम्मका लागि उल्लेखित निर्णय कार्यान्वयन नगर्नु,नगराउनु भनि सर्वोच्च अदालतबाट आदेश जारी भएको अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए ।

निवेदनको तर्फबाट अधिवक्ताद्वय अर्जुन चालिसे र लोकेन्द्र ओलीले बहस गरेका थिए । अधिवक्ता वलीले सर्वोच्चको आदेशसँगै लुम्बिनी प्रदेश सरकार,आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको सो निर्णय तत्काल लागू नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरू भएको छ। नेकपा गठनपछि पहिलो पटक सन्देश सभा धनगढी रंगशालामा सुरू भएको हो। सभाअघि धनगढीको ट्राफिक चोकबाट र्‍याली निकालिएको थियो। सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालसहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा करिब ५० हजार उपस्थित हुने अनुमान गरिएको छ। ...
: मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले १८ देखि ३५ वर्ष उमेरसमूहका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता दिइने बताएका छन्। प्रदेश सरकारले किसान र युवा लक्षित कार्यक्रम ल्याउने तयारी गरेको र सोही अनुरूप बेरोजगार युवाहरूलाई भत्ता दिने कार्यक्रम ल्याउन लागेको मुख्यमन्त्री यादवले बताए। ‘प्रदेश सरकारले प्रदेशभित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका उमेरसमूहका स्नातक तह ...
: प्रधानमन्त्री सुशीला कार्की नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेकी छन्। निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन उनी जंगी अड्डा पुगेकी हुन्। प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको स्मरण गराउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन ...
: उज्यालो नेपाल पार्टीले मंसिर १७ गते कुलमान घिसिङको उपस्थितिमा काठमाडौंमा घोषणासभा गर्ने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले पार्टीको नीति,उद्देश्य र आगामी कार्यदिशा सार्वजनिक गर्न कुलमान घिसिङको उपस्थितिमा घोषणासभा गर्ने जनाएको हो । पार्टी घोषणासभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि,मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२, औपचारिक रुपमा सार्वजनिक गरिने उज्यालो नेपाल पार्टीका ...
: महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो । महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केहिदिन ...