मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने

: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको भ्रमण गर्नुहुनेछ। राष्ट्रपति पुटिन २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ।'


भ्रमणका क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटघाट गर्ने कार्यसूची तय भएको छ। भ्रमणले भारत र रूसबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।



राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तिम भारत भ्रमण डिसेम्बर सन् २०२१ मा भएको थियो। यसको अर्थ फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएदेखि पुटिनले भारतको भ्रमण गरेका छैनन्। सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा आयोजित जी-२० शिखर सम्मेलनमा पुटिन पनि उपस्थित भएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको घातक आक्रमणको विषयमा अनुसन्धान थालेको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानसमर्थित हुथी विद्रोहीले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ । ...
। इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई दिनमा हमास र इस्लामिक जिहादका पाँच लडाकु मारिएको दाबी गरेको छ। आईडीएफका अनुसार खान युनिस क्षेत्रमा गरिएको हवाई आक्रमणमा इस्लामिक जिहादका तीन लडाकु मारिएका छन्। मारिनेमा एक उपदस्ता कमान्डरसमेत रहेको इजरायली सेनाले जनाएको छ। उनीहरू इजरायली सैनिकमाथि आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको अवस्थामा निशाना बनाइएको आईडीएफको भनाइ ...
। शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानमाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ । यसैबीच, मङ्गलबार बिहान पानमामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ । यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १४७ वटा परकम्प आएका थिए ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय घटनाक्रम व्यवस्थापन गर्न थप चुनौती देखिएको छ । रुससँगको डिजेल सम्झौताले आफ्नै दलभित्र असन्तुष्टि, युक्रेनसँगको ऊर्जा युद्धविराम कार्यान्वयनमा अन्योल र मध्यपूर्वको तनावले विश्व बजारमा तेलको मूल्य बढ्ने जोखिम लगायतका समस्या व्यवस्थापनका चुनौती ट्रम्पसामु छन् । इन्धनको मूल्य घटाएर अमेरिकी मतदाताको असन्तुष्टि कम गर्ने प्रयासमा रहेका ट्रम्पका लागि ...
। अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। दक्षिण अस्ट्रेलिया प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको पछिल्लो १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका ...