मुख्य समाचार
अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी
अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी

: अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी भएको छ। एफबीआई निर्देशक काश पटेलका अनुसार गोलीबारीमा राष्ट्रिय गार्डका दुई सदस्य गम्भीर घाइते भएका छन्।

अधिकारीहरूका अनुसार आक्रमणकारीले स्थानीय समय अनुसार बिहान २:१५ बजे राष्ट्रिय गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए। घटना ह्वाइट हाउस नजिकै भएको थियो। सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्। उनी २०२१ मा अमेरिका आएका थिए।


भिडन्तको क्रममा संदिग्ध व्यक्ति पनि घाइते भएका छन्। उनलाई अस्पताल लगिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्ध व्यक्ति गम्भीर घाइते भएको बताएका छन्। अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार आक्रमणपछि राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीमा ५०० थप राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिएका छन्।



यसैबीच राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीमा भएको गोलीबारीसम्बन्धी अभिव्यक्ति दिएका छन्। उनले बाइडेन प्रशासनको समयमा अमेरिका आएका अफगानीहरूको पुनर्परीक्षणका लागि आह्वान गरेका छन्।

ट्रम्पले भने, 'अब बाइडेन प्रशासनको समयमा अफगानिस्तानबाट देशमा आएका प्रत्येक विदेशीको पुनर्जाँच गर्नु आवश्यक छ।' उनले अमेरिका बस्न पाउने अधिकार नभएका वा देशलाई कुनै फाइदा नपुर्‍याउने हरेक विदेशीलाई देशबाट हटाउन आवश्यक सबै कदम चालिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...
। हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हङकङको ...
: थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरू बाढीको सामना गरिरहेका छन्। अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । सरकारले राहत र उद्धार कार्यका लागि सेनालाई डुङ्गा र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ। देशको दक्षिणी भागका दश प्रान्तहरू गत हप्तामा बाढीबाट प्रभावित भएका छन्। मलेसियाको सिमानामा रहेको व्यापारिक केन्द्र हात याई शहरमा एकै दिनमा ...
: ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ। मंगलबार सर्वोच्च अदालतले उनलाई २७ वर्ष ३ महिनाको जेल सजायको फैसला सुनाएको हो। उनलाई विद्रोहको षड्यन्त्र रच्ने र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या घटनामा संलग्न रहेको आरोपमा अदालतले दोषी ठहर गरेको हो। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने कि,'मुद्दाको अन्तिम निर्णय भइसकेको छ र ...