मुख्य समाचार
नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा
नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा

: नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकता भएको हो।

नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख छ। चुनाव चिन्ह हँसिया रहने सहमति भएको छ।


सहमति पत्रमा मार्क्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने उल्लेख छ।

सहमति पत्रमा ठूला भनिएका पार्टीका नेतृत्वले दलाल पुँजीवादसँग उदार हुँदै, त्यसका स्वार्थलाई सहवरण गर्दै तर पार्टी भित्र अनुदार हुँदै, आन्तरिक लोकतन्त्रलाई कमजोर पार्दै र साँधुऱ्याउँदै गएको निष्कर्षमा सहमत भएको उल्लेख छ । विकल्पमा समाजवादी कार्यदिशा, समाजवादको ठोस कार्यक्रम, राजनीति र सङ्गठनका साथ नेकपा संयुक्त र नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानलाई एकीकृत गर्ने सैद्धान्तिक सहमतिमा पुगेको उल्लेख छ।

‘राजनीति भनेको सत्ता र स्वार्थबाहेक केही होइन भनेर शिक्षित भएको ठूलो तप्काले हामीलाई खिसी गर्ने छ, हँसी-मजाक गर्नेछ, गाली गलौज गर्नेछ । तर इतिहासले काँचुली फेर्ने हरेक क्षण यस्तै कष्टसाध्य हुन्छ, अनेक अस्तव्यताले सताउने छन्, कारोबारी सङ्गठनमा हुर्केर राजनीतिक सम्भ्रान्त बनेकाहरुबाट अपमान र तिरष्कारका अनेक घटना घट्ने छन्, समाजको पाखण्ड र आफ्नै नालायकीसँग बारम्बार ठोकिनु पर्नेछ, आफैँसँग ग्लानी र खेदका अवस्थाहरुको सामना गर्नु पर्नेछ, आफन्त र साथै रहेका कमरेडहरुसमेत किनारा लाग्ने छन्, ठूलो भिडभाडको पुरानो धङ्धङीले पटकपटक सताउन सक्छ । तर वैचारिक तथा सैद्धान्तिकरुपमा हामीसँग कसैले सामना गर्ने छैन । यो हाम्रो आफ्नो आधार क्षेत्र हो। यस आधार क्षेत्रलाई राष्ट्रिय सङ्गठनको रुपमा उभिने बनाउनु हाम्रो मुख्य चुनौति हो ।’ पत्रमा भनिएको छ, ‘इतिहासको यो दायित्व हामीले कबोल गरेका छौं । जेन्जी आन्दोलनपछि नयाँ पुस्तामा उदाएको राजनीतिक छटपटी मुलुकको समाजवादी रुपान्तरणको ठूलो भरोसा हो । आगामी दिन हाम्रा लागि चुनौति र रोमाञ्चकताका हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी हुन्। नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी ...
: सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ। यसअघि ६ हजार ५ सय शुल्क रहेकामा बुधबारबाट लागू हुनेगरी बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ...
: नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन्। कांग्रेसको आन्तरिक ...
: पूर्वराष्ट्रपति एवम् एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीलाई विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै अघि बढाउन सफल हुने विश्वास व्यक्त गरेकी छन्। एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै उनले महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि ऐतिहासिक अवसर भएकाले आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय भएको बताइन्। ‘नेपाल ...