मुख्य समाचार
गस्ती टोलीले शंकास्पद स्कोरपियो रोकेर चेकजाँच गर्दा १५३ किलो गाँजासहित एकजना गाँजा तस्करलाई पक्राउ
गस्ती टोलीले शंकास्पद स्कोरपियो रोकेर चेकजाँच गर्दा १५३ किलो गाँजासहित एकजना गाँजा तस्करलाई पक्राउ

: सुनसरीको इनरुवा नगरपालिका–७ चाँदबेला क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणको गाँजासहित बा-१५ च २१७३ नम्बरको स्कोरपियो गाडी बरामद गरेको छ। बिहीबार बिहान सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट साहेबगञ्जबाट खटिएको मोबाइल गस्ती टोलीले शंकास्पद स्कोरपियो रोकेर चेकजाँच गर्दा १५३ किलो गाँजासहित एकजना गाँजा तस्करलाई पक्राउ गरेको छ।

चाँदबेलाबाट दक्षिण भारतको बिहारतर्फ तर्फ तीव्र गतिमा आउँदै गरेको २७ प ८३३१ नम्बरको पल्सर मोटरसाइकल र अन्य ५–६ वटा मोटरसाइकल स्कटिङ गरिरहेको देखेपछि सशस्त्र प्रहरी निरीक्षक महेशकुमार कार्कीको कमाण्डमा खटिएको १० जनाको टोलीले स्कोरपियो रोकेको थियो। प्रहरीका अनुसार पल्सर मोटरसाइकल चालक स्कोरपियो रोक्ने क्रममा मोटरसाइकल त्यहीँ छोडेर फरार भएका थिए।


स्कोरपियो चेकजाँच गर्दा पछाडिको डालामा राखिएका ६ वटा कालो प्लास्टिकका पोकामा राखेको १५३ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए। सशस्त्रले स्कोरपियो गाडीका चालक इनरुवा–७ चाँदबेला बस्ने अन्दाजी २० वर्षका आदित्य चौधरीलाई पक्राउ गरेको छ। प्रहरीले स्कोरपियो, पल्सर मोटरसाइकल, गाँजा तस्करीमा संलग्न चालक चौधरी र एक थान मोबाइल फोन सहित बरामद सबै सामग्री नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए।



पछिल्लो समय धनकुटामा उत्पादन हुने गाँजा सुनसरी हुँदै भारततर्फ तस्करी हुने क्रम बढ्दै गएको प्रहरीको भनाइ छ। सुनसरीको नेपाल भारत सीमाक्षेत्रमा तस्करहरूले प्रहरीको निगरानी कमजोर हुने अवसर पर्खेर खुलेआम गाँजा ओसारपसार गर्ने गरेका छन्। बढी पैसा कमाउने प्रलोभनमा युवा वर्ग तस्करीका गतिविधिमा आकर्षित भई गलत बाटो रोज्ने घटना बढिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी हुन्। नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी ...
: नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकता भएको हो। नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। ...
: सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ। यसअघि ६ हजार ५ सय शुल्क रहेकामा बुधबारबाट लागू हुनेगरी बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ...
: नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन्। कांग्रेसको आन्तरिक ...