मुख्य समाचार
शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय
शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय

: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ।

कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ।


यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरता सहित बंगलादेशका जनताको हितप्रति प्रतिबद्ध रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत सधैं सबै सरोकारवालाहरूसँग रचनात्मक रूपमा संलग्न हुने बताएको छ।


'निकट छिमेकीको रूपमा, भारत शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरता सहित बंगलादेशका जनताको हितप्रति प्रतिबद्ध छ। यस उद्देश्यका लागि, भारत सधैं सबै सरोकारवालाहरूसँग रचनात्मक रूपमा संलग्न हुनेछ,'मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ।

विज्ञप्तिमा भनिएको छ, 'अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफ्नो फैसलामा फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहर गरेको छ। मानवता विरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशलाई अमित्रतापूर्ण व्यवहार र न्यायको अवहेलनाको गम्भीर कार्य मानिनेछ।'

बंगलादेशको विदेश मन्त्रालयले दुवै दोषीलाई तत्काल सुपुर्दगी गर्न आग्रह गरेको छ। उसले भनेको छ, 'हामी चाहन्छौं कि भारत सरकारले तुरुन्तै दुवै दोषीलाई बंगलादेशी अधिकारीहरूलाई सुम्पियोस्। दुई देशहरू बीचको सुपुर्दगी सन्धि अनुसार यो भारतको जिम्मेवारी हो।'

सोमबार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। उनी भारतमा निर्वासनमा छिन्।

यो फैसला न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले दिएको हो।
गत वर्ष बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन राज्यका सुरक्षा निकायलाई बल प्रयोग गर्न निर्देशन दिएको उनीमाथि आरोप थियो।

न्यायाधिकरणले शेख हसिना सहित तीनैजना अभियुक्तलाई दोषी ठहर गरेको छ। शेख हसिनालाई पाँचच मुद्दामध्ये दुईमा मृत्युदण्डको सजाय सुनाइएको छ भने अर्को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको छ।

पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। पूर्वप्रहरी महानिरीक्षक अब्दुल्लाह अल मानुनलाई साक्षीका रुपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...
: अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी भएको छ। एफबीआई निर्देशक काश पटेलका अनुसार गोलीबारीमा राष्ट्रिय गार्डका दुई सदस्य गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीले स्थानीय समय अनुसार बिहान २:१५ बजे राष्ट्रिय गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए। घटना ह्वाइट हाउस नजिकै भएको थियो। सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्। उनी २०२१ मा अमेरिका ...
। हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हङकङको ...
: थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरू बाढीको सामना गरिरहेका छन्। अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । सरकारले राहत र उद्धार कार्यका लागि सेनालाई डुङ्गा र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ। देशको दक्षिणी भागका दश प्रान्तहरू गत हप्तामा बाढीबाट प्रभावित भएका छन्। मलेसियाको सिमानामा रहेको व्यापारिक केन्द्र हात याई शहरमा एकै दिनमा ...
: ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ। मंगलबार सर्वोच्च अदालतले उनलाई २७ वर्ष ३ महिनाको जेल सजायको फैसला सुनाएको हो। उनलाई विद्रोहको षड्यन्त्र रच्ने र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या घटनामा संलग्न रहेको आरोपमा अदालतले दोषी ठहर गरेको हो। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने कि,'मुद्दाको अन्तिम निर्णय भइसकेको छ र ...