मुख्य समाचार
शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय
शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय

: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ।

कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ।


यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरता सहित बंगलादेशका जनताको हितप्रति प्रतिबद्ध रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत सधैं सबै सरोकारवालाहरूसँग रचनात्मक रूपमा संलग्न हुने बताएको छ।


'निकट छिमेकीको रूपमा, भारत शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरता सहित बंगलादेशका जनताको हितप्रति प्रतिबद्ध छ। यस उद्देश्यका लागि, भारत सधैं सबै सरोकारवालाहरूसँग रचनात्मक रूपमा संलग्न हुनेछ,'मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ।

विज्ञप्तिमा भनिएको छ, 'अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफ्नो फैसलामा फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहर गरेको छ। मानवता विरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशलाई अमित्रतापूर्ण व्यवहार र न्यायको अवहेलनाको गम्भीर कार्य मानिनेछ।'

बंगलादेशको विदेश मन्त्रालयले दुवै दोषीलाई तत्काल सुपुर्दगी गर्न आग्रह गरेको छ। उसले भनेको छ, 'हामी चाहन्छौं कि भारत सरकारले तुरुन्तै दुवै दोषीलाई बंगलादेशी अधिकारीहरूलाई सुम्पियोस्। दुई देशहरू बीचको सुपुर्दगी सन्धि अनुसार यो भारतको जिम्मेवारी हो।'

सोमबार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। उनी भारतमा निर्वासनमा छिन्।

यो फैसला न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले दिएको हो।
गत वर्ष बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन राज्यका सुरक्षा निकायलाई बल प्रयोग गर्न निर्देशन दिएको उनीमाथि आरोप थियो।

न्यायाधिकरणले शेख हसिना सहित तीनैजना अभियुक्तलाई दोषी ठहर गरेको छ। शेख हसिनालाई पाँचच मुद्दामध्ये दुईमा मृत्युदण्डको सजाय सुनाइएको छ भने अर्को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको छ।

पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। पूर्वप्रहरी महानिरीक्षक अब्दुल्लाह अल मानुनलाई साक्षीका रुपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम