: प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच भेटवार्ता भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको एमालेलाई निर्वाचनका सहभागी हुनका निम्ति प्रधानमन्त्री कार्कीले आग्रह गरेको बताइएको छ। जेनजी आन्दोलनको मर्म पनि नयाँ जनादेश रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले एमाले नेताहरूलाई चुनावमा होमिन आग्रह गरेकी हुन्।
बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी छन्।