मुख्य समाचार
लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम
लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३ औँ खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ।


बिहीबार त्रिवि क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा लुम्बिनीले दिएको १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाउँदै १४५ रनसहित लक्ष्य पूरा गरेको हो।


यो जितसँगै सुदूरले प्लेअफ सम्भावना बलियो बनाएको छ। सुदूरपश्चिमको यो चौथो जित हो भने लुम्बिनीको यो तेस्रो हार हो।



सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६९ रनमा अविजित रहे। उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर जोश ब्राउनको विकेट गुमायो। उनले ७ बलमा २ चौकासहित ९ रनमा क्याच भए।

दोस्रो विकेट वान डाउन आएका क्रिस लिनको गायो। उनले १४ बलमा १ चौका र २ छक्कासहित १६ रन बनाउँदै क्याच भए।

तेस्रो विकेटको रूपमा आरिफ शेखको विकेट गयो। उनले ३७ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए। उनले तेस्रो विकेटको लागि आरिफ शेखसँग ९९ रनको साझेदारी गरे। हर्मित सिंह ७ रनमा अविजित रहे।

लुम्बिनी लायन्सका लागि अभिषेश गौतम, रुबिन ट्रम्पलमेन र तिलक राज भण्डारीले १–१ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएको थियो।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३६ बलमा ३ चौकाप्रहार गरे। उनले दिलिप नाथसँग ५२ रनको साझेदारी गर्दै लुम्बिनीलाई १०० माथिको रनमा पुर्याए। १२.२ मा अभिनाश बोहोराको बलमा नरेन साउदले २९ बलमा २९ रन बनाएका रोहित पौडेलको क्याच छुटाए। त्यसपछि जीवनदान पाएका रोहितले त्यसपछिको २ ओभरपछि उनको विकेट गयो।

ओपनरद्वय डार्सी सर्ट र सुमित महर्जनले समान १८/१८ रन बनाए। दिलीप नाथले ३१ रन, गुल्बदिन नैबले ११ रन बनाए। त्यसपछिका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। १०४ रनमा तेस्रो विकेट गुमाएको लुम्बिनीले ३९ रनमा अन्य विकेट गुमायो।

सुदूरपश्चिम रोयल्सका लागि अभिनाश बोहोरा र हर्मित सिंहले ३–३ विकेट लिए। हेमन्त धामीले २ विकेट र स्कट केइगुलिनले १ विकेट लिए।

सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ। सुदूरले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा सुदूरले पोखरालाई १८रन र कर्णालीलाई ४५ रनले हराएको थियो।

लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। त्यसपछिको २ खेलमा भने लुम्बिनीले हार बेहोरेको थियो। कर्णाली याक्ससँग ९ विकेट र काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो।

आजको दोस्रो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...