मुख्य समाचार
विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौं महाधिवेशन सफलताको शुभकामना
विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौं महाधिवेशन सफलताको शुभकामना

। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौं महाधिवेशन सफलताको शुभकामना दिएकी छन् ।

यो महाधिवेशन पार्टीलाई अग्रगतितर्फ अघि बढाउन आगामी पूर्णरूपमा सफल हुने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले सामाजिक सन्जालमार्फत् एमालेलाई शुभकामना दिँदै लेखेकी छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।’

एमालेको महाधिवेशन यही मंसिर अन्तिम साता काठमाडौं उपत्यकामा आयोजना हुँदैछ । भक्तपुरको सल्लाघारीमा उदघाटन र भृकुटीमण्डपमा बन्दसत्र आयोजना गरिँदै छ । नयाँ नेतृत्वका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक घोषणा गरिसकेका छन् ।

भण्डारीले परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने विश्वास व्यक्त गरेकी छन् ।

‘विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ,’ उनको विश्वास छ ।

यो महाधिवेशनमा भण्डारी भने सहभागी हुने छैनन् । एमालेले राष्ट्रपति भइसकेकाले राजनीतिमा आउन नमिल्ने तर्क गर्दै उनको पार्टी सदस्यता खारेज गरेको थियो ।

पार्टीको यो निर्णयलाई उनले अनुचित भनेकी छन् । भौतिक रुपमा महाधिवेशनमा उपस्थित हुन नसके पनि पार्टी परिवारको अभिन्न सदस्यको रुपमा आफू साथमै रहने उनले बताएकी छन् ।

‘मैले दुईवर्ष अघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु,’ भण्डारीको भनाइ छ ।

महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएको र यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय भएको भन्दै उनले

एमालेको महाधिवेशनप्रति शुभेच्छा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत काम गर्ने गैर सरकारी संघ–संस्था (एनजीओ) माथि छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही गैर सरकारी संघसंस्थाहरूले विधान विपरीत गतिविधि गरेको, कार्यसमितिले मनोमानी ढंगले काम गरेको र आर्थिक अनियमितता समेत हुने गरेको गुनासो आएको भन्दै छानबिन थालिएको जनाएको हो । छानबिनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय ...
। प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्तिको आलोचना भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेत सम्हालेकी प्रधानमन्त्री कार्कीको मुस्लिम समुदाय सम्बन्धी धारणा आलोचित बनेको हो । लैंगिक हिंसा विरुद्धको अभियान सुरु गर्ने क्रममा व्यक्त धारणा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृति भएको मुस्लिम अगुवाहरूले बताएका ...
। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा भएनभएको जानकारी लिए । आगामी २१ फागुनको चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले तीन सिफ्टमा काम गराउन शहरी ...
। प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ । आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको ...
। प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका-४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर-३का २४ वर्षीय विशाल थापा मगर, सिन्धुलीको दुधौली-६ का २० वर्षीय गणेश तामाङ र सर्लाहीको बाग्मती-२ का १९ वर्षीय सागर मगर, सुनसरी इटहरी २१ ...