। कैलाली जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
चुरे गाउँपालिका–६ बुङगामा ३६ वर्षीया निर्मला देवी थापाको रुखबाट लडेर मृत्यु भएको छ । दिउँसो करिब साढे २ बजेको समयमा घर नजिकैको जंगलमा स्याउला काट्ने क्रममा उनी रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अत्तरिया अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।
बुधबार साँझपख मोहना नदीमा माछा मार्ने क्रममा पानीमा डुबेका उनलाई उद्धार गरी सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।