: ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचथरको फिदिम नगरपालिका २ साम्दिनबाट पाँचजनालाई पक्राउ गरेको छ । फिदिम २ साम्दिनका धनराज तुम्बापोले ब्राउन सुगरको कारोबार गरेको सूचना पाएपछि उनको घरमा प्रहरीले छापा मारेको थियो ।
तुम्बापोको घरमा खानतलासी गर्दा १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर फेला परेपछि तुम्बापोसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णले जानकारी दिए ।
तुम्बापोसहित फिदिम- ८ का शुसिल गुरुङ,सोही ठाउँका बिजय गुरुङ,फाल्गुनन्द गाउँपालिका- ४ का बिजय तामाङ र इलाम नगरपालिका- १ का लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।