मुख्य समाचार
जनकपुर बोल्ट्सका खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने
जनकपुर बोल्ट्सका खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने

: जनकपुर बोल्ट्सका खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने भएका छन्।

जनकपुर बोल्ट्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आमाहरूमाथि सम्मान अर्पण गर्नका लागि बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा आ–आफ्नो आमाको नाम लेखिएका जर्सी लगाएर खेल्ने जानकारी दिएको हो।


खेलपछि उक्त जर्सीहरू बिक्रीका लागि अक्सनमा राखिने र त्यसबाट उठेको रकम आमा समूहहरूलाई सहयोग गर्ने जनकपुर बोल्ट्सले जनाएको छ। जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले आमाप्रति सम्मान व्यक्त गर्दै बिहीबार राम्रो खेल देखाउने बताए।



त्यस्तै पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आमाप्रति सम्मानका लागि गरिएको क्याम्पीयन निकै राम्रो भएको प्रतिक्रिया दिए। भुर्तेलले बिहीबार हुने खेलमा राम्रो प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताए।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सुरुवाती दुई खेलमा दुवै टोलीले हार बेहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मुख्य सचिव सुमनराज अर्यालले सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती प्रशासनको स्वरुप,सबलता र क्रियाशीलतामा निर्भर हुने बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहणपछि मुख्यसचिव अर्यालले निजामती प्रशासन जति चुस्त,स्वच्छ,इमान्दार , जनसेवी विकासमैत्री हुनसक्यो मुलुकमा सुशासनको स्तर त्यत्ति नै माथि जाने बताए। उनले अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत ...
: नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएका छन्। ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भनेको भन्दै आपत्ति जनाएका हुन्। आज बिहान सामाजिक सञ्जालमार्फत उपमहाचिव ज्ञवालीले एउटा ...
: नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी र युवा संघका नेता-कार्यकर्ताबीच झडप भएको छ। बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए। बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए। स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेका थिए। युवासंघको प्रतिकारमा ...
: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन्। मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत पोखरेलले आयोगमा दल दर्ता अद्यावधिकको प्रक्रियालाई लिएर फैलिएको भ्रम अन्त्य गर्नुपर्ने बताएका हुन्। अहिलेको सरकार र प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै महासचिव पोखरेलले संवैधानिक परीक्षण सर्वोच्च ...
: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेलले मंगलबार वक्तव्य जारी गरेर पार्टी पुनर्गठन र रुपान्तरणका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 'पार्टी निर्माणका लागि ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले ...