मुख्य समाचार
सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन
सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन

। सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ ।

यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, आव २०८२/८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि अधिकृतस्तरको ३७ अस्थायी दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सरकारले संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रमा २०८१ असार २४ गतेभन्दा अगावै जलविद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमतिपत्र प्राप्त गरिसकेका वा ऊर्जा खरिद सम्झौता सम्पन्न भएका आयोजनाको वातावरणीय अध्ययन सहमति, स्वीकृति तथा राष्ट्रिय बनको जग्गा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

संरक्षित क्षेत्रभित्र पेट्रोलियम पाइपलाइन, पर्यापर्यटन र स्थानीय जनताको जीवनयापनसँग प्रत्यक्ष सम्बन्ध राखे खानेपानी, बाटोघाटो, पुलपुलेसा, सिँचाइ, सञ्चार, सार्वजनिक यातायात, विद्युत् प्रसारण लाइन, स्वास्थ्य सेवा जस्ता आधारभूत सेवा र सुविधासँग सम्बन्धित कार्यका लागि मात्र वातावरणीय अध्ययन सहमति दिने मन्त्रिपरिषद्को निर्णय छ ।

बैठकले ती पूर्वाधार निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने वा सट्टाभर्ना जग्गा लिने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा यही मङ्सिर १५ देखि १९ गतेसम्म चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसम्बन्धी कार्यक्रममा सचिव (विज्ञान प्रविधि) विश्वबाबु पुडासैनीलाई सहभागिताका लागि स्वीकृति दिएको छ ।

बैठकले राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीको यही मङ्सिर १० गतेदेखि हुने अवकाश स्वीकृत तथा नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गर्नुभएको राजीनामा स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीले रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेताहरूलाई भित्र्याउने तयारी अघि बढाएको छ । उज्यालो नेपाल पार्टी गठन हुँदा विगतमा नाउपामा आस्था राख्ने केही नेताहरु प्रवेश गरिसकेको उज्यालो नेपाल पार्टीका नेताहरूको दाबी छ । उज्यालो नेपालले नाउपासँग पार्टी एकता नगरी नेता कार्यकर्ता भित्र्याउने रणनीति बनाएको छ ...
। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते ...
। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरेका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको जिकिर गरे । उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि नेता कार्यकर्तालाई आग्रह ...
। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज मंगलबार एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । यसमा आज दर्ता भएका दलको संख्या १५ रहेको छ । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो ...
। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पछि फर्कने अवस्था नरहेको बताएका छन् । उदयपुरको गाइघाटमा आगजनीमा परेको पार्टी कार्यालय अवलोकन गरिसकेपछि महामन्त्री शर्माले विशेष महाधिवेशनको व्याक गियर नहुने बताएका हुन् । महामन्त्री शर्माले विधानमा भएको बिशेष महाधिवेशन दर्ताको लागि दफा भएको तर फिर्ताको दफा नभएको बताए । ‘त्यसैले बिशेषको ‘ब्याक गियर’ हुन्न । ...