मुख्य समाचार
अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह
अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह

। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरेका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको जिकिर गरे ।

उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

‘हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेका छौँ । म तपाईंहरूलाई फेरि पनि भन्न चाहन्छु, अब यो नयाँ पार्टी भएको छ । त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महशुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ,’ उनले भने ।

इतिहासको चर्चा गर्दा पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई उनले आग्रह गरे । नेकपा एमालेका कार्यकर्ताहरुले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै उनले पार्टी भित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताए ।

‘अब एउटै पार्टी बनाएका छौँ । सबै जनसंगठनहरुलाई पनि एकताबद्ध गर्नुपर्नेछ । इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखीको मात्रै होइन २००६ सालदेखिको चर्चा हुनुपर्छ,’ नेपालले भने, ‘२०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि बा भन्ने प्रवृति हावी हुनेछ । बा प्रवृत्तिबाट मुक्त हौँ, हामी ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज मंगलबार एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । यसमा आज दर्ता भएका दलको संख्या १५ रहेको छ । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो ...
। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पछि फर्कने अवस्था नरहेको बताएका छन् । उदयपुरको गाइघाटमा आगजनीमा परेको पार्टी कार्यालय अवलोकन गरिसकेपछि महामन्त्री शर्माले विशेष महाधिवेशनको व्याक गियर नहुने बताएका हुन् । महामन्त्री शर्माले विधानमा भएको बिशेष महाधिवेशन दर्ताको लागि दफा भएको तर फिर्ताको दफा नभएको बताए । ‘त्यसैले बिशेषको ‘ब्याक गियर’ हुन्न । ...
। तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर ...
। जेनजी आन्दोलनका केही अगुवाले सरकारका महान्यायाधिवक्ता सविता भण्डारी डिम्ब तस्करीसम्बन्धी प्रकरणमा जोडिएको विषयमा स्पष्ट पार्न माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् मंगलबार बेलुकी ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस विषयमा स्पष्ट पार्न महान्यायाधिवक्ताको ध्यानाकर्षण गराएका छन् । सञ्चारमाध्यममा आएका समाचार साँचो हो भने महान्यायाधिवक्ता भण्डारीले तत्काल राजीनामा दिनु पर्ने उनीहरूको माग छ । ‘माननीय महान्यायाधिवक्ता डिम्ब तस्करीसम्बन्धी ...
। सरकारले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको दाबी गरेको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले यस्तो दाबी गरेका हुन् । ‘हामीलाई जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनन् कि भन्ने आशंका थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन ...