मुख्य समाचार
प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी
प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी

। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् ।

प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे ।

मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध रहेकाहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको जिकिर गरे ।

‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्यौं, त्यहि पहलका कारण र विस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने ।

जेनजी आन्दोलनपछिको अवस्था सामना गर्न, राष्ट्रको स्वाधिनता र वामपन्थी दललाई एकताबद्ध गर्न नेपाली कम्युनिस्ट पार्टी गठन भएको उनको भनाइ छ ।

प्रचण्डले अब भाषण कम गर्दै काम गरेर देखाउने दाबी गरे ।

उनले भने, ‘हामीले गर्नुपर्ने काम धेरै छ, मैले त भनेको भाषण अबदेखि कम गर्दै लैजाउँ भन्नेमा छौं, काम धेरै गर्दै लैजाउँ, हामीले नेपाली कम्युनिस्ट पार्टी बनाएको एउटा ठूलो ऐतिहासिक पहल हो, ऐतिहासिक काम हो, यो मार्फत हामी नेपालमा युवाहरूले जो सपना देखेका छन् त्यो युवाहरूको सपना पूरा गर्ने संकल्प लिएका छौं, त्यही संकल्पका निमित्त नेपाली कम्युनिस्ट पार्टी अगाडि बढेको छ ।’

१२ पुसदेखि देशका विभिन्न शहरमा नेकपाले एकता सभा गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार नेकपाले १२ पुषमा पहिलो एकता सभा कैलालीको धनगढीमा गर्दैछ ।

क्रमश: विभिन्न शहर हुँदै विराटनगरसम्म पुग्ने नेकपाको तयारी छ ।

एकता सभामार्फत निर्वाचनको वातावरण बनाउन नागरिक, दल र सरकारलाई अपिल गर्दै दबाब सिर्जना गर्ने उनले बताए ।

ढिलोचाँडा सबै सच्चा कम्युनिस्ट र वामपन्थी नेकपामा समाहित हुँदै जाने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहलाई आग्रह गरेका छन् । मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५,००० तलब संघीय अनुदानबाट पठाइसकेको छ । बाँकी नपुग ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् । आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले ...
। नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो । ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्रीलाई भनियो,’ महासंघ अध्यक्ष ...
— सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेकाे छ । पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाहरुकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे । बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी हुन थालेकाे थियाे । जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई ...
: प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ।प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च ...