मुख्य समाचार
चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता
चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता

। चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ।

क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको स्रोत जोगाउनका लागि शव गाड्नुको सट्टा अनिवार्य रूपमा जलाउनुपर्ने नियम बनाएका छन्। यो नियमले परम्परागत अन्त्येष्टि विधिलाई प्रतिस्थापन गर्ने भन्दै विरोध प्रदर्शन सुरू भएको हो ।

‘द गार्डियन’ को रिपोर्ट अनुसार शेन्जेन र शाङ्घाई जस्ता सहरी केन्द्रहरूबाट टाढा रहेको ग्रामिण प्रान्त हो क्विचो ।

निशानामा राष्ट्रपति पनि

विरोध प्रदर्शनको फुटेज सामाजिक सञ्जालमा समेत फैलिएको छ।

विरोध ट्र्याकिङ खाता एस्टर्डे बिग क्याटले एक्समा सेयर गरेको अप्रमाणित फुटेजमा एक गाउँलेलाई चिच्याउँदै भन्छन्, ‘यदि कम्युनिस्ट पार्टीले पुर्खाहरूको चिहान खन्दै छ भने पहिले सी जिनपिङको पैतृक चिहान खनोस् ।’

फ्रिडम हाउसद्वारा सञ्चालित चीनमा विरोध प्रदर्शनहरू ट्र्याक गर्ने परियोजना चाइना डिसेन्ट मनिटर (सीडीएम) द्वारा सङ्कलन गरिएको अर्को भिडियोमा दर्जनौं गाउँलेहरूले प्रहरीको गाडीलाई घेरेको देखाइएको छ। भिडियो सेयरिङ एप डाउयिनमा धेरै टिप्पणीहरू प्रदर्शनकारीको समर्थनमा आएका छन्।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘हो, सबैजना उठौं र परम्परागत दाहसंस्कार विधिलाई समर्थन गरौं!’

जातीय अल्पसंख्यकको परम्परामाथि हस्तक्षेप

शिदोंग सहर पर्ने स्थानीय क्षेत्रमा मियाओ जातिका मानिसहरूको सङ्ख्या बढी छ। यो जातीय अल्पसङ्ख्यक समुदायले परम्पराअनुसार मृतकलाई दाहसंस्कार गर्नुको सट्टा शव गाड्ने गर्छन् । प्रशासनले उनीहरूलाई परम्परा विपरीत कार्य गर्न भनिरहेको छ।

स्थानीय सरकारले मङ्गलबार एक सूचना प्रकाशित गर्दै दाहसंस्कारलाई प्रवर्द्धन गर्ने निर्देशन सन् २००३ को कानुनमा आधारित रहेको र जमिन स्रोतको संरक्षण गर्न तथा ‘मितव्ययी नयाँ अन्त्येष्टि शैली’ लाई बढावा दिन दाहसंस्कार आवश्यक रहेको उल्लेख गरेको छ।

एक गाउँलेले सामाजिक सञ्जालमा पोस्ट गर्दै स्थानीय अधिकारीहरूको दबाबका कारण यस वर्ष आफ्ना हजुरबुबाको दाहसंस्कार गर्नुपरेको बताएका छन्। उनले परिवारलाई नियम पालना नगरे तीन पुस्तासम्म नकरात्मक परिणाम भोग्नुपर्ने चेतावनी दिइएको बताएका छन्।

विरोध प्रदर्शनको तथ्याङ्क र कारण

यस वर्ष सीडीएमले चीनका गाउँहरूभित्र ६६१ वटा विरोध प्रदर्शन दर्ता गरेको छ, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७० प्रतिशतले वृद्धि हो। सन् २०२५ को तेस्रो त्रैमासिकमा, सीडीएमले करिब १,४०० अशान्तिका घटनाहरू दर्ता गरेको छ, जुन सन् २०२४ को सोही अवधिको तुलनामा ४५ प्रतिशतले वृद्धि हो।

धेरैजसो विरोध प्रदर्शनहरू आर्थिक सङ्घर्ष र सम्बन्धित गुनासोहरूबाट प्रेरित भए पनि, क्विचोको दाहसंस्कार विरोध प्रदर्शन जस्ता केही घटनाहरू राज्यको हस्तक्षेपबाट सुरु भएका छन्, जसलाई धेरै मानिसहरूले नितान्त व्यक्तिगत मामिला मान्छन्।

सीडीएमका अनुसन्धान प्रमुख केभिन स्लाटेनले क्विचोको विरोध प्रदर्शन धेरै दिनसम्म चलेकोले यो असामान्य रहेको बताएका छन्।

उनले भने, ‘यदि विरोध प्रदर्शन धेरै व्यक्तिगत विषयसँग सम्बन्धित छ भने, ती ठूला स्तरमा हुने र लामो समय टिक्ने सम्भावना बढी हुन्छ। चाहे त्यो कसैको आर्थिक जीवनमा ठूलो असर होस् वा उनीहरूको विरासत वा पुर्खाहरूसँग सम्बन्धित कुरा होस्।’

उनले थपे, ‘मानिसहरू विरोधको जोखिम लिन बढी उत्प्रेरित हुन्छन्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...