मुख्य समाचार
इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विष्फोट
इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विष्फोट

: इथियोपियामा ज्वालामुखी विष्फोट भएको छ। यो १२ हजार वर्षपछि पहिलो पटक आइतबार ज्वालामुखी विष्फोट भएको हो। विस्फोटबाट उत्पन्न खरानी र सल्फर डाइअक्साइड लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो। जुन लाल सागरमा फैलिएर यमन र ओमानसम्म पुग्यो।

सोमबार राति करिब ११ बजेतिर इथियोपियाबाट ४ हजार ३०० किलोमिटर टाढा रहेको दिल्लीको आकाशमा खरानीको यो बादल फैलियो। इन्डिया मेट स्काई वेदर अलर्टले खरानीको यो बादल जोधपुर-जैसलमेर क्षेत्रबाट भारतमा प्रवेश गरेको र अब उत्तरपूर्वतिर सर्दै गएको जनाएको छ।


यो बादल राजस्थान,हरियाणा र दिल्लीमा फैलिएको छ। यसको एक भाग गुजरातलाई पनि छुने सम्भावना छ। यसको प्रभाव रातको समयमा पञ्जाब,पश्चिमी उत्तर प्रदेशको पहाडी क्षेत्र र हिमाचल प्रदेशमा देखिने अनुमान गरिएको छ।

यसको प्रभाव देखिएपछि एयर इन्डियाले आफ्ना ११ उडानहरू रद्द गरेको छ। 'हायली गुब्बी ज्वालामुखी विष्फोट पछि निश्चित क्षेत्रहरूमा उडान भरेका विमानहरूको सावधानीपूर्वक जाँच गरिरहेकाले एयर इन्डियाका उडानहरू रद्द गरिएको छ,'एक्समा जानकारी दिँदैएयरलाइन्सले लेखेको छ।

एयरलाइन्सले भनेको छ,'हाम्रा नेटवर्कभरिका ग्राउन्ड टोलीहरूले यात्रुहरूलाई उनीहरूको उडानको स्थितिको बारेमा अद्यावधिक गरिरहेका छन् र होटल आवाससहित तत्काल सहयोग प्रदान गरिरहेका छन्। हामी सकेसम्म चाँडो पुन:यात्राको व्यवस्था गर्न कोशिस गरिरहेका छौं।

एयर इन्डियाले यात्रुहरूलाई पर्न गएको असुविधाको लागि माफी माग्दै यात्रुको सुरक्षा आफ्नो प्राथमिकता भएको बताएको छ। विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। तर, यमन र ओमानका सरकारले विशेषगरी श्वासप्रश्वासको समस्या भएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम