मुख्य समाचार
लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा हजारौं मानिसहरु सहभागी
लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा हजारौं मानिसहरु सहभागी

— लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा सोमबार हजारौं मानिसहरु सहभागी भएका छन् ।


अन्त्येष्टीमा सहभागी भएकाहरुले इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईको पक्षमा नाराबाजी गरेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले जनाएको छ ।

यसअघि आइतबार इजरायलले लेवनानको राजधानी बेरुतस्थित हरेत हेरिक इलाकामा आक्रमण गर्दा हिजबुल्लाहका सैन्य प्रमुख हायथाम अली ताबावावाइसहित ५ जनाको मृत्यु भएको थियो ।

हायथाम अली सैइयद अबु अली नामले पनि चिनिन्छन् । इजरायली सञ्चारमाध्यमका अनुसार यसअघि पनि दुईपटक उनको ज्यान लिनेगरी हमला भएको थियो । जो असफल भयो ।

नोभेम्बर २०२४ मा अमेरिकाको मध्यस्थतामा इजरायल र हिजबुल्लाहबीच युद्धविराम भएको थियो । तर इजरायलले त्यसलाई बारम्बार उल्लंघन गरेको संयुक्त राष्ट्रसंघका विज्ञहरुले बताइरहेका छन् ।


पछिल्लो हवाई हमलाले लेबनानमा अवस्था बिग्रनसक्ने भन्दै फ्रान्सले चिन्ता प्रकट गरेको छ । सोमबार फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युद्धविराम अनुगमन संयन्त्रमार्फत संभावित मुडभेडलाई रोक्नेगरी काम गर्न र एकपक्षीय कदम नचाल्न आग्रह गरिएको छ ।

पछिल्ला केही सातायता लेबनानमा इजरायलले लगातार हवाई हमला गरिरहेको छ । इजरायल र अमेरिकाले हिजबुल्लाहलाई निसस्त्रीकरण गर्न लेबनानलाई दबाब पनि दिइरहेका छन् ।



हिजबुल्लाहले युद्धविरामको फाइदा उठाएर आफ्नो सैन्य सामथ्र्य बढाउने प्रयास गरेको इजरायलको आरोप छ । हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने विषयमा समर्थन दिएको लेबनान सरकारले इजरायलका आरोप भने अस्विकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इथियोपियामा ज्वालामुखी विष्फोट भएको छ। यो १२ हजार वर्षपछि पहिलो पटक आइतबार ज्वालामुखी विष्फोट भएको हो। विस्फोटबाट उत्पन्न खरानी र सल्फर डाइअक्साइड लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो। जुन लाल सागरमा फैलिएर यमन र ओमानसम्म पुग्यो। सोमबार राति करिब ११ बजेतिर इथियोपियाबाट ४ हजार ३०० किलोमिटर टाढा रहेको दिल्लीको आकाशमा खरानीको यो बादल फैलियो। इन्डिया ...
: अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी गरेका छन्। तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक विज्ञप्तिमा सोमबार र मंगलबार राति (बिहान १२ बजे) को बीचमा खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन्। बीबीसी उर्दूका ...
भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक ...
। भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...