मुख्य समाचार
लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा हजारौं मानिसहरु सहभागी
लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा हजारौं मानिसहरु सहभागी

— लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा सोमबार हजारौं मानिसहरु सहभागी भएका छन् ।


अन्त्येष्टीमा सहभागी भएकाहरुले इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईको पक्षमा नाराबाजी गरेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले जनाएको छ ।

यसअघि आइतबार इजरायलले लेवनानको राजधानी बेरुतस्थित हरेत हेरिक इलाकामा आक्रमण गर्दा हिजबुल्लाहका सैन्य प्रमुख हायथाम अली ताबावावाइसहित ५ जनाको मृत्यु भएको थियो ।

हायथाम अली सैइयद अबु अली नामले पनि चिनिन्छन् । इजरायली सञ्चारमाध्यमका अनुसार यसअघि पनि दुईपटक उनको ज्यान लिनेगरी हमला भएको थियो । जो असफल भयो ।

नोभेम्बर २०२४ मा अमेरिकाको मध्यस्थतामा इजरायल र हिजबुल्लाहबीच युद्धविराम भएको थियो । तर इजरायलले त्यसलाई बारम्बार उल्लंघन गरेको संयुक्त राष्ट्रसंघका विज्ञहरुले बताइरहेका छन् ।


पछिल्लो हवाई हमलाले लेबनानमा अवस्था बिग्रनसक्ने भन्दै फ्रान्सले चिन्ता प्रकट गरेको छ । सोमबार फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युद्धविराम अनुगमन संयन्त्रमार्फत संभावित मुडभेडलाई रोक्नेगरी काम गर्न र एकपक्षीय कदम नचाल्न आग्रह गरिएको छ ।

पछिल्ला केही सातायता लेबनानमा इजरायलले लगातार हवाई हमला गरिरहेको छ । इजरायल र अमेरिकाले हिजबुल्लाहलाई निसस्त्रीकरण गर्न लेबनानलाई दबाब पनि दिइरहेका छन् ।



हिजबुल्लाहले युद्धविरामको फाइदा उठाएर आफ्नो सैन्य सामथ्र्य बढाउने प्रयास गरेको इजरायलको आरोप छ । हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने विषयमा समर्थन दिएको लेबनान सरकारले इजरायलका आरोप भने अस्विकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम