— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहकाे ध्यानाकर्षण गराएका छन् ।
शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि मासिक १२ हजार, विद्यालय सहयोगीका लागि १० हजार र विद्यालय सहायक कर्मचारीका लागि १५ हजार तलब संघीय अनुदानबाट पठाइएकाे मन्त्री पुनले जनाएका छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप गरी वितरण गर्नुपर्ने उनकाे भनाइ छ । सरकारले मासिक तलब कम्तीमा १७ हजार ताेकेकाे छ ।
मन्त्री पुनका अनुसार अहिलेसम्म झन्डै ७ सय वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिक वितरण गरेका छन् । उक्त जानकारी मन्त्राालयले समेत प्राप्त गरेकाे तर ५३ स्थानीय तहले न्यूनतम तलब दिएका छैनन् ।
'न्यूनतम तलब नदिएका स्थानीय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु । बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्नुहोला। यस विषयमा स्थानीय सरकारलाई सचेत गराउन ट्रेड युनियनका नेताहरु खोइ जागेको ?' उनले फेसबुकमा लेखेका छन् ।