मुख्य समाचार
भदौ २४ गते प्रहरीको हतियार लुटपाटमा संलग्न रहेका तीनजनालाई दुई थान चाइना मेक पेस्तोल र २० राउन्ड गोलीसहित पक्राउ
भदौ २४ गते प्रहरीको हतियार लुटपाटमा संलग्न रहेका तीनजनालाई दुई थान चाइना मेक पेस्तोल र २० राउन्ड गोलीसहित पक्राउ

: जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरीको हतियार लुटपाटमा संलग्न रहेका तीनजनालाई दुई थान चाइना मेक पेस्तोल र २० राउन्ड गोलीसहित पक्राउ गरिएको छ। झापा र इलामका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी दिपक पोखरेलले बताए ।

पक्राउ परेका अभियुक्तले गत भदौ २४ गतेको जेनजी आन्दोलनमा काठमाडौंस्थित महानगरीय प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरी हातहतियार लुटेर फरार भएका थिए । उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले दमक–८ का सरोज पुरीलाई १ थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।


पुरीले लुटेको अर्को पेस्तोल दमक–६ का विश्व लिङ्देनलाई दिएको र लिङ्देनले उक्त हातहतियार इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्वालाई लुकाइ राख्न दिएको खुल्न आएपछि प्रहरी टोलीले पवनलाई बारीमा खाल्डो खनेर राखेको अवस्थामा पेस्तोल र ५ राउन्ड गोलीसहित पक्राउ गरिएको एसएसपी पोखरेलले बताएका छन्। उनले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।



लुटिएको प्रहरीको पेस्तोल फेला पार्न प्रदेश प्रहरी सक्रिय देखिएको बेला सुनसरीमा भने जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय,व्यवसायिक भवन र निजी घरमा भएको आगजनीका पीडित आजसम्म न्यायको प्रतीक्षामै छन् ।

पीडितहरूले सुनसरी प्रहरीमा किटानी जाहेरी दिएको भएपनी क्षतिपूर्ति मूल्यांकन र दोषी पहिचानका प्रक्रिया अघि नबढेको भन्दै खुला रूपमा गुनासो व्यक्त गर्दै आएका छन्। घटनापछिको क्षतिपूर्ति तथा कारबाही प्रक्रिया अघि नबढ्नु प्रहरीको दोहोरो मापदण्डको प्रश्न उठ्न थालेको उनीहरूको आरोप छ।

एकातिर प्रहरी आफ्नै संगठनबाट लुटिएको हातहतियार फेला पार्न सक्रिय भएपनि जनताको धन–सम्पत्तिमा गरिएको आगजनीका घटनामा ढिलासुस्ती हुनु दु:खद भएको नेपाली कांग्रेस कोशीका महामन्त्री उमेश थापाले बताए ।

उनले तत्काल प्रहरीले जाहेरी दर्ता गरि कानुनी कारबाही गर्न माग गरेका छन् । सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले उजुरी दर्ता गरि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेकाे छ । पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाहरुकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे । बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी हुन थालेकाे थियाे । जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई ...
: प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ।प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीको बलिदानको जगमा निर्मित सरकारको अर्जुनदृष्टि निर्वाचन सम्पन्न गर्नमा केन्द्रित रहेको बताएका छन् । जतिसक्दो छिटो चुनाव पूरा गरेर नयाँ निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्न लागिपरेको उनले बताए । रुपन्देहीको भैरहवामा मंगलबार सुरु लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कसैको निगाहाबाट नभई जेन–जी आन्दोलनपछि विशिष्ट परिस्थितिमा गठन भएको सरकारको पहिलो अभिभारा ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहकाे ध्यानाकर्षण गराएका छन् । शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि मासिक १२ हजार, विद्यालय सहयोगीका लागि १० हजार र विद्यालय सहायक कर्मचारीका लागि १५ हजार तलब संघीय अनुदानबाट पठाइएकाे मन्त्री पुनले जनाएका छन् । सरकारले तोकेको ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणा स्विकारेका छन् । सोमबार बिहान दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको थियो । वार्ताका क्रममा सीले उनलाई बेइजिङ भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति ट्रम्पले आगामी अप्रिलमा आफु बेइजिङ जाने बताए । त्यस्तै, २०२६ मै सी अमेरिका भ्रमणमा आउने ट्रम्पले बताए । ‘राष्ट्रपति सीले मलाई अप्रिलमा बेइजिङ ...