मुख्य समाचार
महिलाको वीभत्स हत्या, घटनास्थलमै खाडल खनी गाडिएको अवस्थामा शव फेला
महिलाको वीभत्स हत्या, घटनास्थलमै खाडल खनी गाडिएको अवस्थामा शव फेला

: रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरूको मिलेमतोमा वीभत्स ढंगले हत्या गरेको रहस्य बाहिरिएको छ।

भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई मारेर सोमबार राति आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो।


मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन्। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छन्।

उनीहरू मृतक खातुनको डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको रौतहटका प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए। मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा छ।

घटना गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा खातुनलाई भेटिएपछि भएको अनुमान गरिएको छ। दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए।

ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकै बेला सोमबार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेका खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्यो भने तिमीलाई पनि मारिदिन्छु भन्दै धम्की दिएपछि उनी घरबाट भाग्न सफल भएका थिए। भाइ शेख महम्मदले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनको भनाइ छ।

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ। खातुनको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेकाे छ । पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाहरुकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे । बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी हुन थालेकाे थियाे । जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई ...
: प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ।प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीको बलिदानको जगमा निर्मित सरकारको अर्जुनदृष्टि निर्वाचन सम्पन्न गर्नमा केन्द्रित रहेको बताएका छन् । जतिसक्दो छिटो चुनाव पूरा गरेर नयाँ निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्न लागिपरेको उनले बताए । रुपन्देहीको भैरहवामा मंगलबार सुरु लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कसैको निगाहाबाट नभई जेन–जी आन्दोलनपछि विशिष्ट परिस्थितिमा गठन भएको सरकारको पहिलो अभिभारा ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहकाे ध्यानाकर्षण गराएका छन् । शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि मासिक १२ हजार, विद्यालय सहयोगीका लागि १० हजार र विद्यालय सहायक कर्मचारीका लागि १५ हजार तलब संघीय अनुदानबाट पठाइएकाे मन्त्री पुनले जनाएका छन् । सरकारले तोकेको ...
: जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरीको हतियार लुटपाटमा संलग्न रहेका तीनजनालाई दुई थान चाइना मेक पेस्तोल र २० राउन्ड गोलीसहित पक्राउ गरिएको छ। झापा र इलामका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी दिपक पोखरेलले बताए । पक्राउ परेका अभियुक्तले गत भदौ २४ गतेको जेनजी आन्दोलनमा ...