मुख्य समाचार
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.सापकोटासहित ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजविरुद्ध आरोपपत्र दायर
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.सापकोटासहित ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजविरुद्ध आरोपपत्र दायर

: स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासहित ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजविरुद्ध आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो।


स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीलाई जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो माग गरिएको छ।


प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्र नर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठलाई पनि जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो माग गरिएको छ।

हेटौंडामा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

आरोपपत्रमा उल्लेख भएअनुसार केएस इन्टरनेशनलले सबैभन्दा कम ९८ लाख ९१ हजार २०० रुपैयाँ कबोल गरिए पनि चौथो कम कबोल गर्ने जनमुक्ति हेल्थ इन्टरप्राइजेजलाई स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का दिएको थियो। जनमुक्तिले १ करोड २४ लाख ४४ हजार १२ रुपैयाँ कबोल गरेको थियो।

सार्वजनिक खरिदमा बढी प्रतिस्पर्धा गराई कम लागतमा गुणस्तरीय वस्तु वा सेवा खरिद गर्नुपर्ने कानुनको उद्देश्य विपरीत प्रतिवादीहरूले कम लागतमा स्वास्थ्य सामाग्री आपूर्ति गर्न इच्छुक अन्य प्रतिस्पर्धी बोलपत्रदातालाई नियोजित तवरले प्रतिस्पर्धाबाट हटाई लक्षित बोलपत्रदातालाई स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का दिई भ्रष्टाचार गरिएको आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूले त्रिवि क्रिक्रेट मैदानबाटै पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार पक्राउ परेका ८ जना भारतीय नागरिक एनपीएलमा अनलाइन वेटिङ गर्नकै लागि भारतबाट नेपालसम्म आएको देखिएको छ। उनीहरूमध्ये कोही विद्यार्थी र कोही सामान्य काम गर्ने ...
: नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको दाबी गरेका छन्। आज बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक गतिविधि बढेपछि अराजकता घट्दै जाने बताएका हुन्। मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनले टिप्पणी गरे। ज्ञवालीले भने, “एमालेका कारण अरू दललाई ...
: सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो। अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न २ लाख ...
: जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले नेपाली कम्युनिस्ट पार्टीसँगको एकता गर्ने च्याप्टर क्लोज भएको बताएका छन्। जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले पार्टी छाडेर पुष्पकमल दाहाल ʻप्रचण्डʼ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा जाने निर्णय गरेपछि उपमहासचिव यादवले उक्त पार्टीसँग अब एकताको च्याप्टर क्लोज भएको बताएका हुन्। आइतबार साँझ अन्नपूर्ण पोष्टसँग कुरा गर्दै ...
: स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन्। फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य थपिएका निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम ...