: नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशको भक्ति गर्न छाडेर नयाँ पार्टीमा सामेल भएको बताएका छन्।
आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा उनले राजनीतिक दलका नेता तथा कार्यकर्ताको भ्रष्टिकरण, परिवारवाद, सत्ताको कुर्सीको खेलका कारण देश अर्थराजनीतिको संकटको भुमरीमा परेका कारण युवाहरूमा चरम निराशा छाएको र त्यसका कारण जेनजी आन्दोलन भएको बताए।
नेता शर्माले संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन नसकेको बताए। उनले पार्टीले निकट भविष्यमा राजनीतिक पुनर्संरचना सम्मेलनको आयोजना गर्ने जानकारी दिए।