: नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन्।
आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेनजी युवाहरूको मर्म र भावना अनुसार जेनजी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन्।
उनले जनेजी युवाहरूको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसँगै अघि बढ्न नसक्ने धारणा राखे। प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी पुस्तासँग जोडिएको पार्टी भएकाले युवाहरु नै पार्टीको नेतृत्व लिनुपर्ने उनले बताए।
भट्टराईले अहिले कम्युनिष्टमा ठग प्रवृत्ति देखिएकाले धेरै दिन नटिक्ने तर्क गरे। धरापमा परेको लोकतन्त्र र जटिल भूराजनीतिक अवस्थाबाट देशलाई बढाउनका लागि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने उनले बताए।