मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

: मोरङको बुढीगंगा गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लिचिबगान जाने भित्री सडक खण्डमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल दिउँसो दिउँसो करिब १२ः३० बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको राजविराज नगरपालिका–१ घर भई मोरङको बुढीगंगा गाउँपालिका–४ मा बस्दै आएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।


दुर्घटनामा परेर टाउको, खुट्टा र नाकमा गम्भीर चोट लागेका नुनियालाई इलाका प्रहरी कार्यालय नेमुवाका सई (प्रहरी नायव निरीक्षक) अशोक कार्की नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पुर्‍याएको थियो। गम्भीर अवस्थाका उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए।

प्रहरीका अनुसार नुनिया बुढीगंगा–४ मा सुशील यादवले सञ्चालन गर्दै आएको राशि वर्कसपमा काम गर्थे। दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूले त्रिवि क्रिक्रेट मैदानबाटै पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार पक्राउ परेका ८ जना भारतीय नागरिक एनपीएलमा अनलाइन वेटिङ गर्नकै लागि भारतबाट नेपालसम्म आएको देखिएको छ। उनीहरूमध्ये कोही विद्यार्थी र कोही सामान्य काम गर्ने ...
: नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको दाबी गरेका छन्। आज बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक गतिविधि बढेपछि अराजकता घट्दै जाने बताएका हुन्। मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनले टिप्पणी गरे। ज्ञवालीले भने, “एमालेका कारण अरू दललाई ...
: सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो। अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न २ लाख ...
: जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले नेपाली कम्युनिस्ट पार्टीसँगको एकता गर्ने च्याप्टर क्लोज भएको बताएका छन्। जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले पार्टी छाडेर पुष्पकमल दाहाल ʻप्रचण्डʼ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा जाने निर्णय गरेपछि उपमहासचिव यादवले उक्त पार्टीसँग अब एकताको च्याप्टर क्लोज भएको बताएका हुन्। आइतबार साँझ अन्नपूर्ण पोष्टसँग कुरा गर्दै ...
: स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन्। फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य थपिएका निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम ...