मुख्य समाचार
हुण्डीको १५ लाख नगदसहित युवक पक्राउ
हुण्डीको १५ लाख नगदसहित युवक पक्राउ

: पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट श्रोत नखुलेको नेपाली १५ लाख रुपैयाँसहित युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धोरेकै ३४ वर्षीय अवधेश पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार चेकजाँचमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारततिरबाट आउँदै गरेका पटेलले हाँकेको बीआर २२ए एफ ४१२६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। त्यस क्रममा उक्त मोटरसाइकलमा रहेको झोलाबाट नगद १५ लाख रुपैयाँ फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।


बरामद गरिएको रकमको पटेलले स्रोत खुलाउन नसकेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बस्नेतले बताए। बरामद रकम हुण्डी कारोबारको रहेको उनले बताए। रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका पटेललाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को क बमोजिम कसुरमा अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूले त्रिवि क्रिक्रेट मैदानबाटै पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार पक्राउ परेका ८ जना भारतीय नागरिक एनपीएलमा अनलाइन वेटिङ गर्नकै लागि भारतबाट नेपालसम्म आएको देखिएको छ। उनीहरूमध्ये कोही विद्यार्थी र कोही सामान्य काम गर्ने ...
: नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको दाबी गरेका छन्। आज बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक गतिविधि बढेपछि अराजकता घट्दै जाने बताएका हुन्। मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनले टिप्पणी गरे। ज्ञवालीले भने, “एमालेका कारण अरू दललाई ...
: सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो। अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न २ लाख ...
: जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले नेपाली कम्युनिस्ट पार्टीसँगको एकता गर्ने च्याप्टर क्लोज भएको बताएका छन्। जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले पार्टी छाडेर पुष्पकमल दाहाल ʻप्रचण्डʼ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा जाने निर्णय गरेपछि उपमहासचिव यादवले उक्त पार्टीसँग अब एकताको च्याप्टर क्लोज भएको बताएका हुन्। आइतबार साँझ अन्नपूर्ण पोष्टसँग कुरा गर्दै ...
: स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन्। फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य थपिएका निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम ...