मुख्य समाचार
बिहेको प्रलोभनमा नेपाली युवती फसाउने चिनियाँको धन्दा
बिहेको प्रलोभनमा नेपाली युवती फसाउने चिनियाँको धन्दा

। अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ ।

सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्‍यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो ।

प्रहरी समेत लिएर गएको अध्यागमन विभागले ढोका खोल्न पटक–पटक अनुरोध गर्दा पनि लामो समयसम्म उनीहरूले ढोका खोलनन् । करिब १५ मिनेटपछि बल्ल चिनियाँ समूहले ढोका खालेको थियो ।

अध्यागमनको टोली पुग्दा उक्त कोठामा चार चिनियाँसँगै चार नेपाली युवती पनि थिए । अध्यागमनका एक अधिकृतका अनुसार, नेपाली युवतीलाई विभिन्न प्रलोभन देखाएर चिनियाँहरूले सम्पर्क गरी चीन लानेसम्मको प्रलोभन देखाएर प्रयोग गरेको देखिएको छ ।

पक्राउ परेका चार चिनियाँलाई अध्यागमनको कार्यालयमा ल्याएर अनुसन्धान गरिएको छ । अहिले पनि उनीहरू अध्यागमन विभागकै हिरासतमा रहेका छन् । उनीहरूमाथि अहिले बयानको काम भइरहेको विभागका महानिर्देशक रामचन्द तिवारी बताउँछन् ।

अहिले नियन्त्रणमा रहेका चिनियाँहरू बिजनेस भिसामा काठमाडौं आएको पाइएको छ । बिजनेश भिसामा नेपाल आएर उनीहरूले भने बिजनेश भने गरेको देखिँदैन । अहिले भिसा विपरीत उनीहरू बसेको देखिएपछि अहिले यही कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहको विभागका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालले बताए ।

‘बिजनेश भिसामा आएको देखिन्छ । तर उनीहरूको यहाँ कुनै पनि बिजनेश देखिँदैन,’ ढकालले अनलाइनखबरसँग भने ।

तर यो समूहले बिजनेश भिसा नै कसरी प्राप्त गर्‍यो भन्ने विषय नै शंकास्पद देखिन्छ । बिजनेश भिसा प्राप्त गर्नका लागि यहाँ गर्ने लगानीदेखि, कम्पनी, त्यसको प्रकृतिलगायत सबै विषयहरू खुलाउनुपर्छ ।

तर पक्राउ परेकाहरूलाई सोधखोज गर्दा यसबारे उनीहरूले केही बताउन सकेका छैनन् । तर उनीहरूबाट भिसा भने बिजनेश नै फेला परेका छ । यसबारे सोधखोज गर्दा एक चिनियाँले भने फेसन डिआइनका काम गर्ने बताएकी थिइन् । तर त्यो काम तथा कुनै कम्पनी खोलेको देखिएको छैन ।

‘बिहे प्रलोभनमा एक सय बढीलाई चीन पुर्‍याए’

पक्राउ परेका बेला पनि चार चिनियाँ नागरिक चार नेपाली युवतीसँगै फेला परेका थिए । चिनियाँ युवतीसँग सम्पर्क गर्नुको पछाडि उनीहरूलाई चीन पुर्‍याउने उद्देश्य रहेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।

चिनियाँ युवतीसँग सम्पर्क गर्ने, सामाजिक सञ्जालमा गफिएका भिडियोको स्क्रिन रेकर्ड गर्ने र चीनमा रहेका चिनियाँ युवकहरूलाई पठाउने गरेको देखिएको ती अधिकृत बताउँछन् ।

त्यसपछि चिनियाँ युवकले उक्त तस्बिर तथा भिडियो हेरेर मन परेर ‘ओके’ भनेपछि ती युवकसँग सर्म्पक गराउने र बिहे गराएरै चीन पुर्‍याउने गरेको देखिएको ती अधिकृत बताउँछन् ।

अहिलेसम्म यसरी एक सय भन्दा बढी नेपाली युवतीहरूलाई चीन पुर्‍याएको सूचना विभागले प्राप्त गरेको थियो । यही सूचनामाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई विभागले भनेको थियो ।

तर अपराध अनुसन्धान कार्यालयले केही अनुसन्धान प्रक्रिया अघि बढाए पनि अहिलेसम्म एक जनाको पनि जाहेरी आएन । कुनै जाहेरी नआएपछि अहिले चिनियाँमाथि अध्यागमन कानून अनुसार कारबाही गरेर डिपोर्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...
— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने भएपछि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार बिहान राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले राजीनामा दिन लागेको बताए। बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ ...
— मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल ...