मुख्य समाचार
बिहेको प्रलोभनमा नेपाली युवती फसाउने चिनियाँको धन्दा
बिहेको प्रलोभनमा नेपाली युवती फसाउने चिनियाँको धन्दा

। अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ ।

सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्‍यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो ।

प्रहरी समेत लिएर गएको अध्यागमन विभागले ढोका खोल्न पटक–पटक अनुरोध गर्दा पनि लामो समयसम्म उनीहरूले ढोका खोलनन् । करिब १५ मिनेटपछि बल्ल चिनियाँ समूहले ढोका खालेको थियो ।

अध्यागमनको टोली पुग्दा उक्त कोठामा चार चिनियाँसँगै चार नेपाली युवती पनि थिए । अध्यागमनका एक अधिकृतका अनुसार, नेपाली युवतीलाई विभिन्न प्रलोभन देखाएर चिनियाँहरूले सम्पर्क गरी चीन लानेसम्मको प्रलोभन देखाएर प्रयोग गरेको देखिएको छ ।

पक्राउ परेका चार चिनियाँलाई अध्यागमनको कार्यालयमा ल्याएर अनुसन्धान गरिएको छ । अहिले पनि उनीहरू अध्यागमन विभागकै हिरासतमा रहेका छन् । उनीहरूमाथि अहिले बयानको काम भइरहेको विभागका महानिर्देशक रामचन्द तिवारी बताउँछन् ।

अहिले नियन्त्रणमा रहेका चिनियाँहरू बिजनेस भिसामा काठमाडौं आएको पाइएको छ । बिजनेश भिसामा नेपाल आएर उनीहरूले भने बिजनेश भने गरेको देखिँदैन । अहिले भिसा विपरीत उनीहरू बसेको देखिएपछि अहिले यही कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहको विभागका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालले बताए ।

‘बिजनेश भिसामा आएको देखिन्छ । तर उनीहरूको यहाँ कुनै पनि बिजनेश देखिँदैन,’ ढकालले अनलाइनखबरसँग भने ।

तर यो समूहले बिजनेश भिसा नै कसरी प्राप्त गर्‍यो भन्ने विषय नै शंकास्पद देखिन्छ । बिजनेश भिसा प्राप्त गर्नका लागि यहाँ गर्ने लगानीदेखि, कम्पनी, त्यसको प्रकृतिलगायत सबै विषयहरू खुलाउनुपर्छ ।

तर पक्राउ परेकाहरूलाई सोधखोज गर्दा यसबारे उनीहरूले केही बताउन सकेका छैनन् । तर उनीहरूबाट भिसा भने बिजनेश नै फेला परेका छ । यसबारे सोधखोज गर्दा एक चिनियाँले भने फेसन डिआइनका काम गर्ने बताएकी थिइन् । तर त्यो काम तथा कुनै कम्पनी खोलेको देखिएको छैन ।

‘बिहे प्रलोभनमा एक सय बढीलाई चीन पुर्‍याए’

पक्राउ परेका बेला पनि चार चिनियाँ नागरिक चार नेपाली युवतीसँगै फेला परेका थिए । चिनियाँ युवतीसँग सम्पर्क गर्नुको पछाडि उनीहरूलाई चीन पुर्‍याउने उद्देश्य रहेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।

चिनियाँ युवतीसँग सम्पर्क गर्ने, सामाजिक सञ्जालमा गफिएका भिडियोको स्क्रिन रेकर्ड गर्ने र चीनमा रहेका चिनियाँ युवकहरूलाई पठाउने गरेको देखिएको ती अधिकृत बताउँछन् ।

त्यसपछि चिनियाँ युवकले उक्त तस्बिर तथा भिडियो हेरेर मन परेर ‘ओके’ भनेपछि ती युवकसँग सर्म्पक गराउने र बिहे गराएरै चीन पुर्‍याउने गरेको देखिएको ती अधिकृत बताउँछन् ।

अहिलेसम्म यसरी एक सय भन्दा बढी नेपाली युवतीहरूलाई चीन पुर्‍याएको सूचना विभागले प्राप्त गरेको थियो । यही सूचनामाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई विभागले भनेको थियो ।

तर अपराध अनुसन्धान कार्यालयले केही अनुसन्धान प्रक्रिया अघि बढाए पनि अहिलेसम्म एक जनाको पनि जाहेरी आएन । कुनै जाहेरी नआएपछि अहिले चिनियाँमाथि अध्यागमन कानून अनुसार कारबाही गरेर डिपोर्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् । स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य ...
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने ...
। काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, ...
। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय ...
। जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्कर्माका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । ...