मुख्य समाचार
भारतमा चलिरहेको छ ‘नो डग नो भोट’ अभियान
भारतमा चलिरहेको छ ‘नो डग नो भोट’ अभियान

भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक संस्थानहरूबाट सामुदायिक कुकुर हटाउने आदेश अदालतले दिइएको थियो ।

पशु अधिकारकर्मीहरू यो आदेशलाई आवाजविहीन पशुमाथिको ज्यादती ठान्छन् र यसले उनीहरूको स्वच्छन्द बाँच्न पाउने अधिकार हनन गरेको तर्क गर्छन् ।

सोही मेसोमा उनीहरूले ‘नो डग, नो भोट’ मार्च निकालेर विरोध जनाएका हुन् । जसको उद्देश्य बोल्न नसक्ने जनावरहरूका लागि न्याय माग्नु हो । पशु अधिकारकर्मीहरूले यो आदेशको पुनरावलोकन नभएसम्म लडिरहने बताएका छन् । उनीहरूको भनाइ छ, ‘कुकुरहरूले भोट हाल्न सक्दैनन्, तर उनीहरूका मालिकहरू भोट हाल्छन्, त्यसैले हाम्रो नारा ‘नो डग, नो भोट’ हो ।

बंगालमा चुनावको मौसम नजिकिँदै गर्दा पशुप्रेमी र घरपालुवा जनावरका मालिकहरूले अनलाइन अभियान तीव्र पारेका छन् । ‘नो डग नो भोट‘ र ‘नो स्ट्रेज अन आवर स्ट्रिट्स, नो भोट्स इन योर बक्स’ जस्ता पोस्टरहरू सोशल मिडियामा भाइरल बनिरहेका छन् ।

पशुअधिकारकर्मीहरूले सामुदायिक कुकुरहरूलाई हरेक दिन खाना खुवाएको पोस्ट गरेर पनि नेताहरूको ध्यान आकर्षित गर्न खोजिरहेका छन् ।

‘जस्टिस फर स्ट्रेज’ अभियान अन्तर्गत धेरैले आफ्नो प्रोफाइल तस्बिरमा ‘नो डग नो भोट’ को पोस्टर राखेका छन् । ठूलो संख्यामा हस्ताक्षर संकलन गर्ने अभियानहरू पनि चलाइएका छन्, जसमा सामुदायिक कुकुर हटाउनु अन्यायपूर्ण भएको ठहर गरिएको छ ।

अधियान्ताहरूले भनेका छन्- सर्वोच्च अदालतको यो आदेश पशु क्रूरता निवारण ऐन १९६० र देशमा लागू अन्य सबै दिशानिर्देशको उल्लंघन हो । सार्वजनिक सुरक्षा महत्त्वपूर्ण छ, तर कुनै आधारभूत संरचना, योजना र पारदर्शीता बिना कुकुर हटाउँदा ठूलो मात्रामा क्रूरता, कानुनी उल्लंघन र अराजकता निम्त्याउँनेछ ।

कतिपयले आफ्नो सोसल मिडियामा ‘नो स्ट्रेज अन आवर स्ट्रिट्स, नो भोट्स इन योर बक्स’ पोस्टर पोस्ट गरेका छन् । उनीहरूको विचारमा अस्पतालहरूलाई आफ्नो परिसर जनावरमुक्त राख्ने अधिकार छ, तर स्कूल–कलेजहरू फरक छन् । विद्यार्थीहरूलाई मानव–जनावर सम्बन्ध सिकाउनुपर्ने उनीहरूको धारणा छ ।

यो अभियानका आयोजकहरूले आदेशको पुनरावलोकन नभएसम्म हार नमान्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सबैलाई बोल्न नसक्ने जनावरहरूका लागि साथ दिन अपील गरेका छन् । यो अभियानले देखाउँछ कि साधारण नागरिक र कार्यकर्ताहरू एकजुट भएर अधिकारका लागि कसरी लड्न सक्छन् ।

यो प्रदर्शनले सामुदायिक कुकुरको अधिकारमात्र होइन, वैकल्पिक व्यवस्थाबिना यस्ता निर्णय लागू गर्नु उचित छ कि छैन भन्ने गम्भीर प्रश्न पनि उठाएको छ । अभियान्ताहरूको माग छ- सरकार र अदालतले जनावरप्रति बढी संवेदनशील बन्नुपर्छ र सबैका लागि फाइदा हुने निर्णय लिनुपर्छ । मार्चमा केही पशु प्रेमीहरू आफ्ना घरपालुवा जनावर लिएर पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम