मुख्य समाचार
कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु
कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु

। कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु भएको छ ।

जडीबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको भाडा बसका सहचालक सुरेन्द्र गाले बसबाट खसेका थिए ।

सोही बसको टायरले कुल्चँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

अहिले उक्त बसलाई प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । बसका चालक भक्तपुर नगरपालिका–१० का ४२ वर्षीय महेन्द्र मकाजु प्रहरी नियन्त्रणमा छन् । मृत्यु भएका गाले पनि भक्तपुर नगरपालिका–१० कै स्थानीय हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिंगीको हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् । हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । परिसर स्रोतले पक्राउ परेको पुष्टि गरेको छ । ती व्यक्तिको पहिचान भने खुलाइसकेको छैन । ‘एक जना संदिग्धलाई पक्राउ गरेका छौं । थप सोधपुछ र ...
। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गर्नेमा जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनमा देश जलिरहेका बेला आफ्नो ज्यान जोगाउन हेलिकोप्टरबाट भाग्नेलाई जनताले किनारा लगाउने बताएका छन् । नेता रावलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देश जलिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा समितिको बैठक समेत नराखेर हेलिकोप्टरबाट भागेको आरोप लगाएका छन् । अगामी १३ मंसिरमा धनगढी आयोजना गरिने ...
। सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता ...
। खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले आधिकारिकता पाएको छ । निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो । यो दलको दर्ता नम्बर २१६ रहेको छ । हाम्रो पार्टी नेपालको चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम